ऋतुहरु बदलिन्छन् समय अनुसार ।
फेरिन्छन् जनावरको छाला स्वरूप मान्छेको पनि संसार ।
मानवको भिडमा हराएको मानवता,
हँसिलो मुहारको पछाडी लुकेका खिन्नता,
कसले बुझिदिने त, मनमा जम्मा भएका विवशता ?
घडीको सुइले समय देखाए झैं,
हिँडिरहेको बाटोको गन्तव्य देखाए हुन्थ्यो ।
आँखाका विश्रामका लागि निन्द्रा बने झैं,
दरिद्रता लुकाउन स्थिरता पाए हुन्थ्यो ।
दिन र रातको सम्बन्ध साँझमा जोडिन्छन् जसरी,
मन र मस्तिष्कको बीचमा खेलिरहेका भावना बुझ्न पाए हुन्थ्यो ।
मौसम सरी हावाको परिवर्तन भए झैं,
छत्तिस कोटी देवता एक विशाल ईश्वर बने हुन्थ्यो ।
हरेक मिहिनेतको फल अमूल्य भए झैं,
मानवताको स्तर समान भइदिए हुन्थ्यो ।
-Susmita Labh
Read More Nepali Poem at Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

