नेपाली पहिरन | कविता | Nirdesh Baral [Nepali Poem]

साडी चोली चिच्याइ रैछ दिन-दिन दौरा र सुरुवाल पनि

टोपी रोइरैछ मुर्छित हुँदै अत्यन्त व्याकुल बनी

हाम्रो पहिरनले चिनाउथ्यो सधै नेपाली नेपालको

टोपी उच्च हिमालको प्रतीकझै झल्कन्थ्यो नेपालीको

 

जुन टोपी सिरको नेपाली वीरको यो देशको शानथ्यो

टोपीको पहिचान विश्वभरमा नेपालीको मानथ्यो

हराए यी सबै किन विलय भो छाडेर आफ्नो पन

पराईको फेसन सिको सिकिलिइ आन्नद मान्छन् किन

 

आफ्नो संस्कृतिपन चटक्क बीचमा छाडेर विदेशीको

छाडे आफ्नो अमूल्य पहिरनहरु लिइ विदेशी सिको

जाडो गर्मी बचाई लाजसबको पैरी शरीरमा बसी

श्रृंगार युक्त भई नेपाली दिलमा बस्थ्यौँ पल्याटी कसी

 

आयो आँधी उडाई डगमग भयो भुकम्प एक साथमा

भेलबाढी अनि बर्सिएर असीना नेपालीको माथमा

चोटमाथि अझ चोट थपिहरण भो नेपालीको पहिरन

डुबी लोप हुनेछ त्यो कि त पछि सक्ला कतै तैरन

 

दौरा सुरुवाल साडी चोलीहरु यी लाउदैनन् रे कोई जन

यिनको ठाँउ हटी विदेशीहरुको आई सक्यो पहिरन

दौरा सुरुवाल साडी चोलीहरुले धेरै गुनासो गरे

टोपी लाउदा पाखे हुने डर भई छाडी दिएको अरे

Embed from Getty Images
दौरा सुरूवाल साडी चोलीहरु यी छाडेर जान्छन् अरे

मान सम्मान हुँदैन इज्जत भने के बस्नु भन्छन् अरे

फकाइकन राखौँलौ यिनीहरु आफ्ना सबै पहिरन

पहिरन विदेशीको सिको सिकीलिंदा पर्ला पछि हैरान

 

जन्मेलान पछि देशभक्त सुरवीर ज्ञानी गुणी कोही जन

खोजी ल्याई लगाई रक्षा गर्लान आफ्ना सबै पहिरन

पहिरन आज हटेर संस्कृति पनि हट्नेछ भोलितिर

पर्सी देश पनि हटनलाई कुनबेर लाग्दैछ मनमा पिर

 

पहिरन लगाई पुर्खाहरुले टिस्टा अनि काङ्डा

दक्षिण भारत लंकासम्म यिनले यो देश राखेथे खडा

दौरा सुरुवाल साडी चोली खुकुरी खुर्पाहरु भिर्दथे

हिड्थे सान र मानले परिगए वैरीहरु चिर्दथे

 

पहिरन हट्यो अनि भूमि हट्यो नेपालीको मान हट्यो

विशाल देश अरे नेपाल अहिले खै कसता हिसाबले घट्यो

बाँकी देश पनि कुटुकुटु हुँदै घट्दोछ सुस्तातिर

सिंगो देश बुझाउनु पर्छ पछिका नयाँ यी पुस्तातिर

 

तिनकै सन्ततीहरु हामी सबले चटक्क छाडी दिँदा

नेपाली पहिचान पैरनहरु लिई रहनेछन् विदा

यो सन्देश पढी सबैको फुरोस देशभक्तिको भावना

आफ्नो राष्ट्रियताप्रति सब जुटौँ मेरो यही कामना ।

 

 

 

Read More Nepali Poem at Offline Thinker:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

author

Leave a Reply

Your email address will not be published. Required fields are marked *