Nepali Poem | आमा | Shasank Sekhar Neupane

shasank neupane nepali poem

सादा दाल भात आफू मुसेर

मासु को झोल प्लास्टिक मा पोको परिन्

स्वादिलो, छोरो खाओस् सोची आमाले

दिनभरको आफ्नु भोक मारिन्

सकिनलगेका पेन्सिल का ठुटा

गोजीभरी हप्तौं लगाएर भेला भएछ

ए दिदि किन बटुलेको यो सब्बै, सोधे

छोरो को स्कूल जाने बेला भएछ

हिजो छोरो लाई नया बटुका किनेको रे

घर घर जुठो भाडा धोएर

फ्यान्सी पसल मा बाक्लो मोजा पाउँछ रे

त्यो किन्ने रे अव, चिसो पानी छोएर

भन्छिन् आमा,

छोरा को सबै इच्छा पूरा गर्न मन्न छ

उसले माग्दा केही टार्न नपरोस्

आज आदिपेट खदैछिन आमा ताकि

छोराले भोलि मासु पोको पार्न नपरोस्

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *