Nepali Poem | Karuna Magar

Monalisa Parida

तिम्रो सुन्दरताको बयान के गरूँ म?
मेरो ओठ त्यति योग्यको छैन
तिमीलाई एक टक लाएर कसरी नियाँलु म?
मेरा नयन त्यति योग्यका छैनन्

तिमीलाई कसरी स्पर्श गर्नु मैले?
मेरा यी हातहरूको दाग बस्ला फेरि
तिमीलाई कसरी अँगाल्नु मैले?
फूलजस्तो शरीर ओइलाउला फेरि

तिम्रो सुन्दरताको बयान के गरूँ म?
शब्दहरू अपुग छन् तिम्रो प्रशंसाको निम्ति
तिमीलाई एक टक लाएर कसरी नियाँलु म?
यो दिन रात नै अपुग छन् तिमीलाई नियाल्नको निम्ति

तिम्रो के चाहिँ प्रशंसा गरूँ म?
पाना तिम्रो प्रशंसाको निम्ति अपुग छ
मेरो हरेक कवितामा एक पात्र त बनेकै छौ तिमी
तर कवितामा भएका शब्दका छालहरू अपुग छन्

तिम्रा ती नयन, जसमा सपना सजिएको छ
त्यो सपना कति भाग्यमानी जसले तिमिद्वारा सजिन पायो
ती ओठ अनि ओठमा सजिएर बस्ने तिम्रो मुस्कान
त्यो मुस्कान कति भाग्यमानी जसले तिमीद्वारा सजिन पायो

तिम्रो सुन्दरताको बयान के गरूँ म?
मेरो ओठ त्यति योग्यको छैन
तिमीलाई एक टक लाएर कसरी नियाँलु म?
मेरा नयन त्यति योग्यका छैनन्

 

 

Read More Book Review by Suman Bhattarai:

 

 

Read More From Subin Bhattarai:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

author

Leave a Reply

Your email address will not be published. Required fields are marked *