काराबस मन | कविता | Kunjan Chaudhary | Offline Thinker

न त तिथी मीति याद छ
न त दिन गते
याद छ त बस
यहाँ बिताएका दिन
ती दिन गन्दै गरेका
लेख्दै मेट्दै गरेका रेखा रेखाका छाप
भित्ता भित्ताका छाप।

यी पर्खाल बाहिर अनेकौँ सजाएका सपनाहरू
ती साथीसंगीसँग बिताएका दिनहरू
ती हाँसदै खेल्दै बिताएका यौवन
यहाँ रूदै सम्झदै सेलाएका जौवन।

यी चार भित्ता बाहिर गइ
देशका निमित्तः क्यही गर्न सोच्छु
फेरी ती सपना मारी देश द्रोही बन्न पग्छु।

घरी सोच्छु परिवार सम्हाल्न
र फेरी सोच्छु यहाँ सम्म पूर्याएका
ती परिवार जलाउन
अनेकौँ सपना देख्न थालेका
मेरा काराबस मन।

-Kunjan Chaudhary

Image by S. Hermann & F. Richter 

 

Read More Nepali Poem at Offline Thinker:

क बाट कलम ! जनक कार्की | Offline Thinker

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *