जिन्दगीभित्र हराएकी बालिका | Poem | Usha Sharma

उ हराउन चाहान्थी त्यो सँगितको धुनभित्र
उ चहकिन चाहान्थी त्यो चम्किलो जूनभित्र
ती पाइलाहरु नचाउन चाहान्थी त्यो मादलको तालसँग
चहकिन चाहान्थी त्यो नदिको छालसँग
प्वाख मिलाउन चाहान्थी चरीको उडानसँग
अनि
दुःख मेटाउन चाहान्थी चरीको उडानसँग ।

तर सपना देख्ने वालापन अब छोडेर गइसक्यो
आफ्नो भनेको अबोधता अब पराइ भइसक्यो !

उ चाहेर पनि अब अञ्जान बन्न सक्दिन सँसारको सत्यसँग
जिन्दगी सपना जस्तै रंगीन छैन भन्ने नमीठो तथ्यसँग ।
त्यसैले त ऊ बारम्बार सोधिरहिछे आखिर यात्रा के हो भनी ?
यो जिन्दगीलाई चलाउने पात्र को हो भनी ?

अब मुस्कुराउन अनेक वाहानाहरू खोज्नु पर्छ
एउटा सपना पूरा गर्न कैयौँ अरू सपनाहरू तोड्नु पर्छ
गन्तव्य एउटा भेट्नलाई कैयौँ अरू बाटोहरू छोड्नुपर्छ ।

त्यसैले आजकाल ऊ मुस्कुराउन भन्दा सुस्केरा हाल्न थालेकी छे !
जूनको उज्यालो कम भएछ सायद दियोहरू बाल्न थालेकी छे

उ अब त्यो चञ्चल निश्चल बालिका होइन
परिस्थितिले पिल्सिएकी कविता बनेकी छे
जिन्दगीलाई चलाउने मात्र एउटा जिविका बनेकी छे ।।

-Usha Sharma

 

Image by dadaworks

 

Read More Nepali Poem at Offline Thinker:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments
I'm the person who always tries to find the unknown and tries to seek within. I'm currently enrolled in masters studies. Writing is just another way to seek happiness by letting my feelings flow.

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *