उ हराउन चाहान्थी त्यो सँगितको धुनभित्र
उ चहकिन चाहान्थी त्यो चम्किलो जूनभित्र
ती पाइलाहरु नचाउन चाहान्थी त्यो मादलको तालसँग
चहकिन चाहान्थी त्यो नदिको छालसँग
प्वाख मिलाउन चाहान्थी चरीको उडानसँग
अनि
दुःख मेटाउन चाहान्थी चरीको उडानसँग ।
तर सपना देख्ने वालापन अब छोडेर गइसक्यो
आफ्नो भनेको अबोधता अब पराइ भइसक्यो !
उ चाहेर पनि अब अञ्जान बन्न सक्दिन सँसारको सत्यसँग
जिन्दगी सपना जस्तै रंगीन छैन भन्ने नमीठो तथ्यसँग ।
त्यसैले त ऊ बारम्बार सोधिरहिछे आखिर यात्रा के हो भनी ?
यो जिन्दगीलाई चलाउने पात्र को हो भनी ?
अब मुस्कुराउन अनेक वाहानाहरू खोज्नु पर्छ
एउटा सपना पूरा गर्न कैयौँ अरू सपनाहरू तोड्नु पर्छ
गन्तव्य एउटा भेट्नलाई कैयौँ अरू बाटोहरू छोड्नुपर्छ ।
त्यसैले आजकाल ऊ मुस्कुराउन भन्दा सुस्केरा हाल्न थालेकी छे !
जूनको उज्यालो कम भएछ सायद दियोहरू बाल्न थालेकी छे
उ अब त्यो चञ्चल निश्चल बालिका होइन
परिस्थितिले पिल्सिएकी कविता बनेकी छे
जिन्दगीलाई चलाउने मात्र एउटा जिविका बनेकी छे ।।
-Usha Sharma

