Nepali Poem | आकाङ्क्षापत्र | Umesh Pun
मैले देश छोड्ने दिन सुसेलिरहेको बतासले देखाउने छ समयको गति शीतलता बोकी आधा मुस्कुराउँदै गरेको जूनले बुझाउने छ भूगोलभरि छाएको मौनताको रंग! शरणार्थी शिविरहरुमा पराधीनता र विस्थापनका कयौं खडेरी सहेर फुलेका बहुरङ्गी कलिला फूलहरुको गरेर हत्या सल्काइएको छ चारैतिर अमेजन जङ्गलमा झैं मानवीय आतंकको डढेलो सदियौंदेखि धर्म र दर्शनको आवरणले छोप्दै – छोप्दै बचाइएको छ […]

