Prabesh Acharya

Prabesh Acharya

युगौँ हिँडिरहेको घाम | कविता | Prabesh Acharya | काव्यकुञ्ज कविता प्रतियोगिता

तिमीले सुस्तरी हिँडेको देखेँ सुस्तरी हिँड्ने घाम जस्तो लाग्यो। जसले सुस्तरी नै हिँडे पनि कयौँ युग हिँडिसकेको छ , जसले कयौँ युग बाँचिसकेको छ र हाँस्दा मुहारमा थोते चन्द्रमा देखिन्छ। जीवनलाई बाँध्दा बाँध्दा खुकुला भए फलाम जस्तो बलिया हात , जीवनको तापले कसिएका छाला पग्लिए , निधारभरि, गालाभरि, हातभरि मुजा बनि समयको परिभाषा बसेको छ। […]