कतै भुल्नु त भएन नि। कथा | Shubhav Basyal

Shubhav Basyal

२१औँ शताब्दीमा पनि चिठीबाट घरको प्यार, सद्भभाव अनि याद पठाउँछन् मेरा आफन्ती। बोटमा काँचै छँदा कोशेलीको पोको कस्दैँ भोलिदेखिको यात्राको गन्थनमा व्यस्त छिन् मेरी आमा अनि बा लाई राजधानीसम्म पुग्दा पक्कै पाक्छ भन्दै गुलियो आश्वासन दिन्छिन्।

कठोर बोली पनि स्वर ननिकाली हुन्छ भन्दैछन् किनकी धेरै पछि मेरा बा मलाई भेट्दैछन्। बा को इन्जिन गाडि चढ्ने धोको ६० वर्ष अनि ३ दिन पछि पुरा हुदैँ थियो । किनकी बा सुदुरमुकामबाट पनि पछाडि पारिएको गाउँमा जन्मेका थिए। म भने बुढेसकालको लाठी जो परे, लठ्ठी समाउने हात मेरा माथि सधैँ परुन भनेर डाक्टर पढ्न हुत्तिएको थिएँ।

म व्यक्ति बन्ने होडमा दगुर्दा यन्त्रको प्रयोग बिना निराधार छु भन्दा कान्लाको जग्गा बेचेका मेरा बा मलाई फोनको प्रयोगमा रम्दा रित्तिएको भकारी सम्झेर भावुक हुन् या मेरो भोलिको कल्पनामा रङ्गिएको भविष्य सम्झेर खुशी, दोधारमा हुनुन्थ्यो।

केही दिन त भएका थिए बा को खुइलिएको तालु ढाक्न अडिएका अनि नेपाली भनि चिनिन ठडिएका ढाका टोपी ठूला ठूला भुवनलाई हेर्दै ढलेको । केही दिन त भएका थिए बा ले छोरा अनि छोराले बा भनी बोलाएको। एकाएक कोरोनाको कहरले हामीलाई उहि दुर दराजमा ढकेली दियो, जहाँ सास चरिरहेछन् तर जीवन अनविज्ञ हरपल हर क्षण।

अनलाइन कक्षा सुरु भयो भनेर बा भन्दा बुढो रेडियोले फुक्दा मलाई सानामा कान निमोठे जस्तै निमोठी खबर सुनेर बालाई सुनाउँदा बचेको खेत अनि परिवार देखाए अनि मलाई घन्टौँ अनविज्ञ बनाए।

अनलाइन परीक्षामा सहभागी हुनुपर्छ भन्दै विद्यालयले विज्ञापन फुकेछ भोलिनै पल्ट मेरो भाइले मलाई सुनायो। कान्लाको खेतको निम्ति म अघि बढ्नु थियो तर परीक्षा पास गर्न बचेको खेत बेच्नु पर्ने थियो। पुनः शून्यतामा बिलाए अनि प्रश्न गरे, ‘मुल्याङ्कन् मेरो हुदैँ थियो या मेरो आर्थिक स्थितिको?’

#परीक्षाले भविष्य सप्रियोस् अझ न बिग्रियोस्।

सर के भर्ना लिदाँ दिएको सर्त त भुल्नु भएन नि?

#अनविज्ञ फिरन्ते (अद्रिस्य)

 

 

Also Read:

 

Letter to My Future Self | Poetry by Sabi Thapa

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *