बुहारी ५ बजी सक्यो उठने होइन कति ढिलो
बुहारी अलि छिटो काम गर्नपर्छ के लुसुरपुसुर हो
बुहारी अलिक मीठो खाना पकाउन सक्नुपर्यो ,के
तिम्रो माइतामा यस्तै खान्छन्
बुहारी अलिक झुकेर हिड्ने गर्नु कस्तो शीर्षर्सोवाश नभएको
बुहारी ल खुट्टा ढोग मेरो कस्तो नाजानेको
बुहारी के श्रीमानको सहाएता लिगेकी आफैँ गर्न सकिन्छ है यति काम त
बुहारी कति मोबाइल चलाएको के हो के
बुहारी तेइ टाउको त दुखेको रहेछ ल, लाउ टाको बादेर पकाउ खाना
बुहारी अफिसबाट छिटो आउनु आएर पकाउन पर्यो
बुहारी के देवर-जेठाजुसँग हासेर बोलेकी लाज नै
छैन्
बुहारी नछुने हुँदा त भुइँमा सुत्न पर्छ, कतै नछुनु त्या
बुहारी मेरो छोरालाई आफ्नो पोल्टोमा पारी
बुहारी तिमी आएदेखि त खै केहि राम्रो भएन लक्षिन कि रहिनछिन्
बुहारी सिन्दुर चुरा लगाउने होइन? के अविवाहित जसरी हिड्ने गरेकी यस्तै लवजहरु
जताततै “बुहारी बुहारी”- के मलाई छोरी बन्ने अधिकार छैन ?
के मैले छोरीले जस्तैः काध र साथ दिन सक्दिन ?
के म सदैव झुक्नु पर्ने हो के म खुलस्त भएर बाच्न पाउदैन?
के श्रीमानले काम सघाउदा आफ्नो पोल्टोमा पारेको हुन्छ?
के दु:खद पर्दा तिम्रो पछौरीमा आमा भन्दै आशु पुस्न पाउने अधिकार छैन?
माइतीमा मीठो हुने मैले पकाएको बुहारी भएसी हुँदैन हो?
के देवार जेठाजुलाई “दाजुभाइ” सरी हेर्ने अधिकार छैनन् ?
आफ्नै पखेटा फिजाई गगन चुम्ने रहर छ
छोरी बनि घर उज्यालोले भरिपूर्ण पार्नु छ
बुहारी नामक तरवारले मेरो पखेटा नकाटीदिनु ।
के मलाई छोरी बन्ने अधिकार छैन् ?
के छोरी बन्ने अधिकार छैन्
-Prakriti Lamichhane
Photo by Andrea Piacquadio

