मेरो मन | कविता | Puja Silwal [Poem in Nepali]

Puja Silwal

चलायमान संसार बीच यो मेरो सानो मन
कहिले कसेको कुरा सोच्छ अनि ढुब्छ
कहिले नभएको पीडामा झुल्छ
मेरो मन
मानसिक रोगी त होइन हजुर
मनको बिचित्र चिन्ता कसलाई सुनाउनु
फेसबुकमा अरुको प्रगतिमा मेरो व्यथा कसलाई भन्नु
जित्न मन नभएको होइन हजुर
तर मेरो मन
भाग्यमा लेखेको भए नि
मलाई किन पीडा दिएको सोधु जस्तो लाग्छ
के कतै मैले उब्जाएको त होइन यो पीडा
भनी सोची रहने मेरो मन
आँशुबाट बगेर गए पनि हुनी
तर नगएर मलाई सकाउने मेरो मन

-Puja Silwal

 

-Image by congerdesign

 

Read More Nepali Poem at Offline Thinker:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

author

Leave a Reply

Your email address will not be published. Required fields are marked *