अस्तित्व | कविता | Rabin Rai | काव्यकुञ्ज कविता प्रतियोगिता

Rabin Rai

यहा अस्तित्वको लडाई छ
दिनले आफ्नो अस्तित्वको निमित
लडाई गर्दै छन्
रातले पनि आफ्नो अस्तित्वको निमित
लडाई गर्दै छन्
रातको र दिनको अस्तित्व
कतै अन्तर निहित त छैन ??

१क छिमेकीले आज अर्को छिमेकीको
अस्तित्वलाई नस्वीकार्दा
अर्को छिमेकीले पनि १क छिमेकीको
अस्तित्वलाई नस्वीकार्दा
यहाँ अस्तित्वको लडाई छ
यहाँ अस्तित्व फाइदासँग जोडिएको छ
यहाँ अस्तित्व स्वाभिमानसँग जोडिएको छ
ल भनुस त एक तर्फी मात्र फाइदा हुँदा
अर्को तर्फी घाटा मात्र हुँदा के
के अस्तित्वको लडाई हुँदैन र ??
ल भनुस् त एक तर्फी मात्रको स्वाभिमान ठूलो
अर्को तर्फाको स्वाभिमान सानो हुँदा
के अस्तित्वको लडाई हुँदैन र ??

-Rabin Rai

 

Read More Nepali Poem at Offline Thinker:

क बाट कलम ! जनक कार्की | Offline Thinker

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

author

Leave a Reply

Your email address will not be published. Required fields are marked *