म र मेरो सरकार लेखुम् कि,
म र मेरो देश?
सरकारको नाम आफूमा जोडेँ भने
केवल अन्याय र अस्वाधिनताका प्रश्न जोडिन्छन् ।
देशको नाम आफूमा जोडेँ भने,
प्रकृति र भेषको मुद्दा सन्न पाइन्छ,
नत्र नाम नै हराएर जान्छ ।
आखिर के का लागि मेरो पहिचान छ सिमित?
किन चिनाउनु मैले मेरो देश जसको
सरकार “म” का लागि मात्रै छ निम्ति?
बनाउनु के थियो र बन्यो के?
मेरो देश कि हामीले बनाएका देश?
मेरो भेष कि मैले मेरो भेषमा लगाएको दोष?
तृष्णामा सिमित भएको आश,
कि क्रान्तिकारीको भोक र प्यास?
जुन देशमा स्वतन्त्रता तौलिन्छ ,
हजारौंका आवाजका साथ,
“के यही हो त मेरो देश?” भन्ने उठ्छ सवाल।
म र मेरो सरकार लेखुम् कि
म र मेरो मातृभूमि?
भेष र राष्ट्रियता मिल्दैन त म जन्मेको ठाउँमा,
आखिर जोड़ूँ त आफ्नो अस्तित्व कसको नाममा?
Read More Poem at Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments