बिन्दु – Sanish Bhandari

बिन्दु

यो ब्रह्माण्ड तहस नहस भए पनि
मेरो यो कविता ब्रह्माण्डसँगै बिलिन भएपनि
मेटिने छैन् त केवल
बिन्दु
एउटा कविले बिन्दुलाई के अर्थ्याउन सक्ला र
जति फिरन्ते जोगीहरूले बिन्दुलाई अर्थ्याउन सक्छन्
युगको महान् गणितिज्ञले बिन्दुलाई के अर्थ्याउन सक्ला र
जति मन्दिरका ढुङ्गाहरूले बिन्दुलाई अर्थ्याउन सक्छन्
बिन्दु त आफैमा एक अर्थ हो
र बिन्दु आफैमा एक खोज हो
तर खोजकर्ताहरूको एउटा ठूलो समुहले जति खोज गरेपनि
बिन्दुको अर्थ सधै स्थिर नै रहन्छ
जसरी स्थिर थियो भगत सिहंको इन्कलाबको नारा
तर सहिदका यादहरू मरेर जादा रहेछन्
जसरी मरेकाछन् आज शुक्रराजका सिद्धान्त
तर हरेक सहिद मरेका बिन्दु त अझै बिधामान छ
मन्दिरका ढुङ्गा झै पत्थरका सालिकहरूमा……

Image by MasterTux

 

Read More Stories:

7 Amazing Things to Do In Chitwan | Nepal Travel Stories | Written by Susan Chaudhary [Offline Thinker]

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *