दुई वर्षको पहलपछि लाग्यो नयाँ बिहानी उदायो
नेपाली माटो, पर्खाइको त्यो बाटोले अब त न्याय पायो
गह भिजिरहे दिनरात आमाका तर सम्हाल्दै आफ्नो मन
गर्न थालिन् एउटै गुहार भनी “RESCUE MY SON!!”
जान्दिनन् उनी अङ्ग्रेजी ,केवल जान्दछिन् प्रेमको भाषा
विपिन पुनः आमाको काख खोज्दै आउने राखेकी थिइन् आशा
बोल्नेले नबोलेको बोली, केवल प्राणको आर्तनाद थियो,
तर, बिहानको सूर्यसँगै त्यो खबरले सब छिन्नभिन्न पारिदियो ।
परदेशबाट ज्यान गुम्यो भन्ने त्यो खबर जब गुन्जियो,
आमा र बहिनीको क्रूर हलचलले सम्मेलन कक्ष स्तब्ध बनायो।
दर्शकले जब देखे अन्तिम समाचार, आँखाले हेर्न रुचाएन
सारा सपना भत्किए, सत्यलाई मनले किन हो जान्नै मानेन
बहिनी त होमिइन् विश्व भरी, दाजुको फर्काइको एउटै आस राखी
इजरायल र अमेरिकाको ढोका ढकढक्याइन्, सारा सङ्घर्ष गरी।
तर हेर त आज उनको समर्पण र स्नेहको कथा भए अधुरा,
दाजु बहिनीकै चाडमा आई सम्पूर्ण सपना ती भए टुहुरा ।
यो तिहारमा कोसेली होइन, किरिया गर्ने पालो पो आयो,
संसारको दुःख र बज्रपात नै हाम्रो यो आँगनमा छायो।
अब त राखी लगाई सँगालेका डोरी, विपिनका तस्बिरमा बाँध्नु पर्यो,
दाजु बिनाको भाइटिकाको रङ्ग हेर सारा खल्लो भयो!
“पढेर सबै थोक, नेपालको माटोमै फर्किन्छु “भन्थ्यौ,
बाँझा जग्गा खनजोत गरी नेपाललाई स्वर्गमय बनाउने सपना बुन्थ्यौ।
यहाँ हेर न, यी माटाले आजसम्म तिमीलाई पर्खी बस्यो
तर,
तर तिम्रो निधारमा त त्यहाँ नेपाल आमाको सन्तानको वीरता लेखियो!
विपिन, यो तिहारको झिलिमिली तिम्रै लागि जलिरहोस्,
तिम्रो अक्षय आत्मामा शान्ति र मुक्ति सधैँ मिलिरहोस्,
सधैँ मिलिरहोस्
REST EASY BIPIN JOSHI
YOU WILL FOREVER BE IN OUR HEARTS
-Written by Samrachana Dahal
Read More Book Review by Suman Bhattarai:
Read More From Subin Bhattarai:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

