नेपाली साहित्यमा कथा संग्रहहरू टन्नै लेखिएका छन्। कथा संग्रहमा लेखिने कथा विशेषै भएपनि मलाई पर्सनली भने कथा संग्रह पढ्न खासै रूची लाग्दैन। कमै मनपराउछु। कमै किनेर पढ्छु ।
तर यसवर्ष बजारमा बुकहिलले यस्तो कथा संग्रह ल्यायो कि मलाई त्यस किताबका कथाले बाधेर राखिदियो ।
म कुरा गर्दै छु युवा लेखक श्रेयज सुवेदीको पहिलो पुस्तक ‘बहुरूपी’ बारे ।
किताब प्रेमीको लागि केही नयाँ र मौलिक स्वाद लिएर सुवेदीले १५ वटा कथाको संग्रह आफ्नो पहिलो किताबमा पस्किएका छन्। बुकहिलद्वारा प्रकाशित यस पुस्तकको जसरी नौलो लोकार्पण भयो त्यही कुराले नै मलाई किबातबारे केहि प्रभाव पारी सकेको थियो।
जब पुस्तक पढ्न थाले, यसको प्रस्तुतीले झनै प्रभाव पार्यो। ६ वटा भागमा विभाजन १५ वटा कथाको लेखाइ र ढाचा दुवै फरक र आर्कशक छन्।
कथाहरूले मधेसको जीवन, भूगोल, संस्कृति र भाषालाई मज्जाले दर्शाएको छ। लेखकले युवाको सोच, सपना र अनुभवहरूलाई सरल शब्द र रोचक ढंगले उतारेका छन् ।
सबै कथाहरूमा एक किसिमको सरलता भेटिन्छ। हुन त सुरूमा कथाका एक दुई हरफले ध्यान तान्न हिच्किचाइरहेको हो कि जस्तो भयो। तर जब पढ्दै गए त्यसपछि शब्द शब्दमा लुकेका गहिराइले मलाई मज्जाले डुबायो। कथाहरू क्रमश पढ्दै जाँदा कथाको प्लटको आफूभित्र सम्हालित गर्दै लगेको आभाष हुन्छ।
लेखकको यस्तो क्षमता देखेर म भने एकदमै उस्ताहित भए। यो लेखकको पहिलो कृति हो भन्ने थाहा पाएर झनै अचम्मित भए। लेखाइमा कतै पनि पहिलो लेखाइको छनक नै छैन।
बरू परिपक्क निखारिएको लेखकको दस्तखत स्पष्ट देखिएको छ। परम्परागत कथावाचक शैली भन्दा भिन्न रहेको बहुरूपीले मलाई त पढ्दा नयाँ अनुभव दिन सक्यो। तपाईहरूलाई पनि त्यस्तै अनुभव पक्कै दिनेछ भन्ने कुरामा म विश्वस्त छु।
लेखक र प्रकाशकले भने झै किताब ‘बहुरूपी’ किन्नका लागि नभएर पढ्नको लागि किन्नु पर्ने किताब हो।
‘बहुरूपी’ पढिसक्नुभयो भने चाहि कमेन्टमा लेख्नुहोला तपाईलाई कस्तो लाग्यो भनेर। पढ्नुभएको छैन भने पढ्नको लागि किनिहाल्नु होला।
Read More at Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

