जिन्दगीमा खुसी हुनु सबैभन्दा ठूलो कुरा हो- Gagan Thapa

gagan thapa

जिन्दगीमा खुसी हुनु सबैभन्दा ठूलो कुरा हो- Gagan Thapa

मेरो ४ कक्षामा पढ्ने छोरी छ। गणित, विज्ञान सबै विषयको परिक्षाको दिन म उसलाई तनाबमा देख्छु। चार कक्षामा पढ्ने बच्चामा पनि तनाबमा छ।

म तीनपटक चुवान जितेर सांसद भएको हुँ। अर्को चुनाव चार वर्ष पछि छ। तर मलाई सोध्नुहुन्छ भने अर्को पटकको चुवानको तनाब मलाई अहिले पनि छ।

५ पटक प्रधानमन्त्री भइसकेको व्यक्तिलाई छैठोंपटक किन भएन भनेर तनाब छ। हालको प्रधानमन्त्री भरेबेलुकी पद खुस्केला कि भनेर तनाब छ।
ठूल्ठूला सफल व्यापारीलाई सफलता घट्ला कि भन्ने तनाब छ।

सबै मान्छे जीवनमा बिहानदेखि बेलुकी तनाबैतनाबमा बाच्ने रहेछन्।
११ कक्षा पछि १२ को तनाब। १२ सकाएपछि कोही विदेश पढ्न जाने होला, कोही यही पढ्ने होला, त्यसको तनाब।

जिन्दगीमा मैले बुझेको कुरा यति हो- जसरी जितमा रमाउनुहुन्छ, त्यसरी सानोतिनो हारलाई पनि सहज तरिकाले लिन जान्नुपर्छ। यति गरे जीवन चल्छ।

जिन्दगीमा खुसी हुने हो, रमाउने हो, पढ्ने हो, सफलतालाई पछ्याउने पनि हो, कोसिस गर्ने हो।
भागवत गीतामा भनेझै इमानदारीतापूर्वक काम गर्ने हो।
फल प्राप्त भए लाख नभए डेढ लाख। भए हुन्छ, नभए हुँदैन। आफ्नो काम गर्दै जाने हो। कर्म गर्नु नै जीवनमा सफलताको सूत्र हो।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गगन थापा।

 

 

 

Watch Narawaj Lamsal Reciting Nepali Poem

Read More Nepali poem collection From Pari Vikram:

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

Facebook Comments

administrator

Leave a Reply

Your email address will not be published. Required fields are marked *