Short Nepali Poem | लज्जित छु बा | Anil Rai

भुल्न सकुंँला

हो बा,
मेरो भविष्य सोच्दा सोच्दै फुटेका हुन् तिम्रा पैतालाहरु,
छोराको कमाई खान पाइएला भन्दा भन्दै चाउरिएका हुन् तिम्रा तिम्रा गाला,
अब त छोराले सुखसाथ राख्छ भनेर आश गर्दा गर्दै फुलेका हुन तिम्रा कपालहरु,

तर

अहिलेसम्म छोराको कमाईले एक जोर चप्पल फेर्न नपाउदा

तिमीलाई खिन्न्न लाग्दैन बा?

तिम्रो सहारा बन्न उमेरमा दुईचार पैसा कमाउछु भन्दै विदेशिएको म

आज आफ्नो कमाईले घरको पानी चुहिने छाना फेर्न नसक्दा लज्जित छु बा,

तिम्रो चुट्टिन लागेको हात्तीछाप चप्पल फेरि दिन नसक्दा

सारै लज्जित छु बा !

 

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your secret writings at connect.offlinethinker@gmail.com with hashtag #secretthinker and your writing will be published anonymously.

Facebook Comments

author

Leave a Reply

Your email address will not be published. Required fields are marked *