सुतेपछि म प्रधानमन्त्री भएको देख्छु
देशलाई समृद्ध भएको पाउँछु
हेर्छु जता ततै समृद्धी छाएको देख्छु
चिसो पेटीमा निदाएका दाजुभाईलाई सपनाको महलमा बसाउँछु
खाडीमा गलेका ति हातखुट्टा आफ्नै जन्मभूमिको हिलोमा रमाएको देख्छु
अनि बिरानो सडकमा टिलपिल गर्दै हेर्दै बसेका ती बुढा बाबै बुढी आमोइलाई आफ्नै सन्तानकोझै आभाष दिलाउँछु
सिमानामा काँडेतार लगाएको पाउँछु
यो सबै देखेर खुशीको आशु झार्छु
त्यही आशुले म ब्यूँझन्छु
र घडीको त्यो ट्वाक ट्वाकसँगै लामो स्वास फेर्दै भन्छु,
कास यो विपना भइदिएको भए हुन्थ्यो तर, (२)
तर दुर्भाग्य त्यो त सपना मात्रै थियो त्यसपछि उठेर
क्यामेरा समाउँछु र आफ्नै कर्ममा म फर्कन्छु
You may also like:
हँसाउनेहरु देश बनाउदै छन् र देश बनाउनेहरु हँसाउदै छन्।
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

