ऊ खिचिरहेकी छ सेल्फी
फूलहरुसँग
रुखहरुसँग
भित्ताहरुसँग
धेरै धेरै कुरासँग ।
र, यता म छु
जो लेखिरहेको छ प्रेम कविता ।
ऊ र म दुई नदी हौँ
जसलाई एउटै सागरसम्म पुग्नुछ ।
ऊ खिचिरहेकी छ सेल्फी
म लेखिरहेको छु प्रेम कविता ।
– नूतन
Read More Nepali Poem by Sajira Shrestha:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your secret writings at connect.offlinethinker@gmail.com
Facebook Comments

