-By Krishna Dahal
उसले उनीहरूलाई बलेको दीयो दियो अनि यात्राको प्रेरणा पनि,
तर न उसले ख्याल राख्यो, न उनीहरूले नै पत्तो पाए
रातको अन्धकारमा हिँड्न बाटो, गोडा अनि दीयो मात्र भएर पुग्दैन,
त्यो दीयोले देखाएको बाटो देख्ने आँखा पनि चाहिन्छ,
उसले उनीहरूलाई मधुर वाणीले संबोधन पनि गर्यो
तर न उसले ख्याल राख्यो, न उनीहरूले नै पत्तो पाए
उच्चारित माधुर्य र अनुभोक्ता हृदयकाबिच कान भन्ने यन्त्र पनि अनिवार्य हुन आउँछ।
यो बजार हो साथी,
लेनदेन वा व्यापार यहाँ हरचिजको हरघडी भइरहन्छ,
क्रेता र विक्रेता बारबार जोडिने र अलगिने यो बजारमा हेक्का कसलाई होला र स्रोत, माध्यम र सेतुको महत्वको।
म अदृश्य पुल हूँ,
म जोड्छु,
पुरूष मनलाई नारीसंग,
साहूलाई ग्राहकसंग,
पितालाई पुत्रसंग
मित्रलाई मित्रसंग
म भोकलाई भोजनसंग पनि जोड्छु, अनि जोड्छु यात्रालाई गन्तव्यसंग पनि,
म जोड्छु किनारालाई नदीसंग अनि विद्यार्थीलाई पुस्तकसंग,
म माध्यम हुँ
आधार प्रदान गर्दछु
म त्यहिआँखा त हुँ जो दीयोबाट प्राप्त रोशनी देख्न सक्ष्म गराउँछु,
म सोही कान पनि हुँ जो कर्णपृय धुनलाई श्रभ्य तुल्याउन सक्दछु,
म मेहनत पनि त हुँ जो लक्ष्य र प्राप्तीकाबिच खुड्किलो बनेर खडा रहन्छु,
म सुन समेत हुँ जो शरीर र सौन्दर्यबिचको सेतु भएर बसेको छु।
म तोड्न चाहिँ तोड्दिनँ।
जोडिने र तोडिने अविराम शृंखला चल्ने यो बजारमा
टुट्ने र तोडिने जिम्मा चाहिँ विवेकशिल प्राणी आफैले लिएको छ,
मिलेको दुई हत्केलाकाबिच अटाउने म
अघि बढेका तलवारका बिच चाहिँ अटाउँदिनँ,
लयबद्ध प्रेमको परस्पर मुस्कानमा पुलकित चेहराहरूमार्फत चम्किने म
एकलिएका उदाष मनहरूको साथमा भने छुइन।
लेनादेना मलाई पनि छैन अन्तरवस्तु अनि हेतु प्रति,
संबन्धकै बाहनामा हिसाबकिताबका षडयन्त्रको एकल निरपेक्ष तर सक्रिय साक्षी म,
कुनै पनि तर्क, विषय र आयामबाट जोडिएकाहरूको साथमा छु।
असत्य, अन्यायका कारण अलगिएकाहरू प्रति पनि कुनै सरोकार छैन मेरो।
छुटेकाहरूबाट ततक्षण छुट्ने र जोडिएकाहरूलाई जोडिउन्जेल जोडिरहने
म (सेतु) लाई तपाईँ स्वार्थी भन्दै हुनुहोला।
कदाचित सही पनि हुनुहोला।
तर जब खोला तार्ने यात्री लौरो भुलेर आफूलाई गलत महसुस गर्दैन भने
म दुःखीको दुःखतिर सहानुभूती देखाएर
यो विभिन्न आवेग, संवेग सर्त , स्वार्थ तर्क, अर्थले खडा गरेको बजारको जोडको मजालाई किन चुक्न दिऊँ!
Read More From Writer:
पिता । कविता | Krishna Dahal [Offline Thinker]
Letter to My Future Self | Poetry by Sabi Thapa
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com