अभागी म | कविता | Asmita Rijal | काव्यकुञ्ज कविता प्रतियोगिता

लामो यो जिन्दगीका छन हजार कथा
खोई कसलाई सनाउनु र मनमुटुको व्यथा….१

भिज्दछन् शाररिक अनि मानसिक पीडाले दनहुँ  मेरो सिरानी
त्यहि पनि धैर्य गर्छु सोची आउलान सुनौला बहानी ….२

दनहुँ नसामा चढ्छन पति छ जिउभरी उनले कोपरेका घाउ
सासु ससुराले दिएका छन् मलाई अलछिनाको नाऊ….३

कसलाई देखाउ म शरिरका निला निला डाम
यो वेदनाको गीत खोई म कता गएर गाम…..४

छैन मेरो यहाँ केहि अधिकार, इज्जत र मान
चपचाप सहेर बस्नु पर्दछ नत्र जोगिन्न उनीहको स्वाभिमान……५

म भासिन्छु भित्रभित्र पीडाका सागर छट्पटाउछन्
यी राक्षसहरु विरुद्ध केही त बोल भनी घृणा अस्पटाउछन् …… ६

छुट्टिएर बस्थे बरु न त अंश मलाई दिलाउछन्
यस्तो कुरा चुहाए भने त भित्रभित्र मिलेर बीस नै पलाउछन्…….. ७

किन देउता पनि भइदिए बैरी मेरा लागि
म जति त कोहि पनि नहोस् यहाँ अभागी …….८

बाचिरहेछु त केवल हेरेर यी लालाबालाको भविष्य
म मरेर गए पनि मेरो आत्माले दिदैन यिनीहरुलाई सख अवस्य ……….९

-Asmita Rijal

 

Read More Nepali Poem at Offline Thinker:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

author

Leave a Reply

Your email address will not be published. Required fields are marked *