आजको मान्छे | Poem by Sabitri Poudel
आफ्नो अस्तित्वको शिर झुकाएर बाँच्दै छ मान्छे आज अनगिन्ती पीडा र वेदनालाई लुकाएर हाँस्दै छ मान्छे आज स्वचालित भन्दा बढि सञ्चालित भएर होला, सभ्यताको नाउमा यान्त्रिक बन्दै छ मान्छे आज। केवल पैँसाको पछाडी दगुर्दा दगुर्दै मानवताको स्वरूपलाई नै भुल्दै छ मान्छे आज। त्यी सुमधुर भावनात्मक संबन्ध खोई कता गए, पारिवारिक भिडमा समेत एक्लिएर […]

