गुलाबी | Nepali Poem by Pooja Regmi
१. बगैंचामा फुलेका रंगीविरंगी फूलका थुँगाहरु बसन्तमा पलाएका नयाँ पालुवाका गुच्छाहरु कहिले मालीभन्दा धेरै भमराको पीरमा पुरै जीवन समर्पण गरी बेथित हुन्छन् फेरि गोधुली शरदमा सजिएर फुल्दै बगैंचा सजाउछन् बसन्तमा बिदा भएका भमराहरु नयाँ उमंग खुसी र हर्ष बोकेर सुम्सुम्याउन आउने छन् हृदयभरी सुगन्धको कस्तुरी बोकी हजारौं रंगहरु साट्न हतारिदै खुसीको अंकमाल गर्न आतुर हुनेछन् […]

