डिप पहिचान; | Written by Barsa Dip (आत्मविशलेष)

Barsa Dip

हामी गफ गर्न सुरु गर्छौ। तिमी ठट्टा गर्छौ। म आफ्ना मात्र कुरा गर्छु। गफै गर्दा पनि सायद म आफ्नो पहिचानको खोजीमा छु, या तिमीले रूजु गरिदिएका बानीहरूलाई मात्र आफ्नो पहिचान बनाउन चाहन्छु।
मलाई थाहा छ, तिमीलाई मेरो बारेमा एक रथि जान्नु मन छैन, आखिर महत्वपूर्ण पनि छैन, तर म भनी रहन्छु, तिमीले सुने पनि सुन्दा बित्तिकै उडाइदिन्छौ, त्यसैमा ठट्टा गर्छौ, तिमीलाई मजाक मात्र चलिरहन्छ, मलाई मेरै मात्र हेक्का हुन्छ र तिम्रो भेरिफिकेसन(verification) को।
म न अरू केहि गफ गर्न जान्दछु, (मैले हावा “म” लाई उहिल्यै त्यागी सके) न ठट्टा नै गर्न जान्दछु, तिमीले जे भने नि राम्रो लाग्छ, तिम्रा हावा कुरा नी मलाई “डीप” लाग्छन । डीपै नबुझने म डिप हुन तम्सिएकी छु, मेरा असान्दर्भिक नमिलेका कथन सुरु हुन् थालछन्। छेउ न टुप्पोका मेरा गफ, न अर्थ हुन्छ, न हाँसो मै उडाउन मिल्छ, तिमी मेरो गफमा निसासिन्छौ, म मेरो उडक्का गफमा उड्न थाल्छु। यसो भुइ मात्र कसो छोडेकी हुन्छु, तिमी छुटकारा मागी हाल्छौ। धेरै माथिबाट नबजारिएँ पनि म नराम्ररी चर्किन्छु , धन्न “फुट्ने जाति”मा पर्दिन। तर त्यसपछि “अगुल्टाले हानेको बिरालो बिजुली चम्कदा नी तर्सिन्छ” भनेझै, म तिम्रो छायाँ सँग नि तार्सिन्छु, गहिरो पानीसँगै पनि तर्किन्छु। म गहिराइलाई आफ्नो शब्दकोशबाटै हटाउन चाहन्छु।
अनी गफ ? , अब त गफ पनि गफै रहेनन्। अझै पनि म आफ्नो ‘पहिचान’ भन्ने शब्दमा रुमल्लिदै छु। रुम्मली रहनु नै सायद मेरो पहिचान हो। “परिवर्तन प्यारी” मेरो अभिमान हो???(फेरी डिप हुन खोजे?)

 

 

Read More Nepali Poem at Offline Thinker:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

author

Leave a Reply

Your email address will not be published. Required fields are marked *