मेरो प्रिय मान्छे,
भन्थ्यौ तिम्रो लागि म जे पनि गरिदिन्छु,
अरूको त कुरै नगर तिम्रो लागि म मर्नु परे पनि मरिदिन्छु,
आकाशमा तारा भए जति तिम्रो जिन्दगीमा खुशियाली छरिदिन्छु,
भन्थ्यौ तिम्रो लागि म जे पनि गरिदिन्छु।
आज हेरन, झरिरहेका हर एक आँसुले रोदन गाइरहेका छन् तिम्रो छलको,
सम्झनाहरू हटाई देउ, स्मरणहरू मेटाई देऊ तिमीसॅग बिताएका ति पलको,
मेरो भन्नु मात्र तिमी हौ, मायैले तिम्रो मनको घर भरिदिन्छु भन्थ्यौ,
तिम्रो लागि म जे पनि गरिदिन्छु।
हातहरू सलबलाउछन् मेरा जब तिम्रो स्पर्श अरू कोसैको हातले गरिदिन्छ,
पीडा हुन्छ, सम्हाल्न गाह्रो हुन्छ मन यो ढुकढुकीको ढड्कन झनै बढिदिन्छ,
म मात्र तिम्रो हुँ, जे छ सारा तिम्रै नाममा सारिदिन्छु भन्थ्यौ,
तिम्रो लागि म जे पनि गरिदिन्छु।
सुन्छु वस्त्र परिवर्तन गरेझै तिमीले सहजै साथी परिवर्तन गर्यौ रे,
मेरो जस्तै अरू कसैको जिन्दगी पनि छल र झुटहरूले भर्यौ रे,
सर्यौ रे अनौठो अन्धकार गल्लीहरूमा तिमी,
खोलाको किनारमा मलाई डोहोर्याएथ्यौ तर नदि अर्कौ सित तर्यौ रे,
हर एक कठिन कर्णाली तिम्रै हात समाइ तरिदिन्छु भन्थ्यौ
तिम्रो लागि म जे पनि गरिदिन्छु।
हो अझै रसाउँछन् यी नयन अकास्मात तिम्रो मुहार मेरो सामु आउँदा,
खिन्न हुन्छ मन, भिन्न हुन्छ जिवन,
तिम्रो उपस्थितिमा पनि अनौठो अभाभ पाउँदा,
तिमीलाई मन पर्ने सूर्यमुखिको फुल चारैतिर छरिदिन्छु भन्थ्यौ,
तिम्रोलागि म जे पनि गरिदिन्छु।
आकाशमा तारा भएजति तिम्रो जिन्दगीमा खुशियाली छरिदिन्छु,
भन्थ्यौ तिम्रो लागि म जे पनि गरिदिन्छु।।
-Asmita Gurung

