थाहा छैन कसको लागेको हो यो नजर
तर मरेतुल्य छ आज मेरो प्यारो शहर !
थाहा छैन के भयो आज मेरो ठाउँलाई
माननस मात्र होइन, कुकुर पनि हिड्छ यहाँ डराई डराई !
रोएको आभास हुन्छ आज यो सारा संसार
कहिले फर्की आउलान गुमेका ती खुसीका बाहार ?
पखााइ छ त केवल त्यो सुनौलो बिहानीको
जब भरिनेछ यो बिझाउने घाउ भित्री मनको !
छैन यो जगतमा मानवता माथि कुनै धर्म
कामना गरौँ, अवस्य पनि हुनेछ यो सुन्दर संसारको पुनर्जन्म !
-Prajin Shrestha
Read More Nepali Poem at Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

