मेरो सनो प्रयास”
कसैको आसमा मलाई छैन बाच्नु
यो जीवन मातृभुमी लाई नै गरेको छु
कसैको लागि जीवन छैन अब साच्नु
यो शरिर जन्मदिने आमाबाट नेपाल आमा सारेको छु,
दुश्मन जति आओस,
आओस जति यहाँ लड्नलाई
टुक्रा यति गर्ने छु त्यसको
पाउ लडबडाउनेछ अघि बढनलाई,
गोर्खाली हुँ म गोर्खा मै जन्मिए
सिकिएन कहिल्यै डर्नलाई,
प्राण जाओस देशको लागि,
छोडने छैन तर यहाँ रक्षा गर्नलाई,
गरेको प्रहार दुश्मन माथि
चुक्दैन निशाना कहिल्यै तिरको,
तेस्सै तेस्सै नाम चलेको त हैन
विश्व भर गोर्खाली वीरको
रातो र चन्द्र सूर्य नै हुन
हाम्रो देशको सान,
हिम्मत कसको रहेछ हेरुन
सक्ला कस्ले टुक्राएर लान?
हार्न भनी सिकिएन कहिल्यै
आउँछ सधै हासिल गरी जित,
नाम सुनी थरथर काम्न थाल्छ
संसार सारा गोर्खे सित!
खस्न दिदैन लाज र ताज कहिल्यै नेपाली शिरको,
त्यसै त्यसै चलेको त होइन नाम
विश्व भर गोर्खाली विरको।
#जय#गोर्खे
-Hom Kumari Gurung

