छोरा सधैँ इन्टरनेटमा व्यस्त
छोरी फेसबुक अनि टिकटकमा
पोइला जाने हुन् कि बुढी
चिन्तित छन् बुढा घर घरमा ।।
भेला भयो सेल्फी हान्यो
चाँडपर्व अनि फङ्सनमा
वाइफाइबिना त बस्दिन बुढा
भन्छिन् बुढी ठूलै स्वरमा
पोज फेर्दै पोस्ट हाल्छन्
कमेन्ट पढ्छन् छिनछिनमा
फेयर एन्ड लभ्ली पनि हार खायो
व्युटी प्लसको फेसनमा ।।
गर्न नहुने के छ र बाँकी
युट्युब गुरु छन् सबैको साथी
गुगल बाबा त झन युनिभर्सिटी टपर
निःशुल्क बाड्दछन् विश्वकै खबर ।।
फेस्बुकमै अचेल सेटिङ मिल्छ
म्यासेन्जर र ह्वाट्एपमा च्याटिङ चल्छ
पार्क र गल्लीको प्रेमलिला पछि
माछो त फस्यो अब जीवनभर रुन्छ ।
पार्क र गल्लीको प्रेमलिला पछि
माछो त फस्यो अब जीवनभर रुन्छ ।
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

