Krishna Dahal

author
अपांगता

अपांगता: सामाजिक दृष्टी र अवधारणा

अपांगता अपांगता र अपांगताबाट गुज्रिरहेका मानिसहरूको चुनौती उनीहरूको शारिरिक या मानसिक कठिनाई भन्दा पनि सामाजिक एवं समाजका अन्य संबन्धित विविध पक्षबाट गरिने व्यवहार, हेरिने  दृष्टी तथा व्याप्त समझ रहेको देखिन्छ। अपांगताप्रतिको स्वस्थ, सहज र धरातलिय नजर समाजले इतिहासको कालखण्डदेखि नै छुटाउँदै आएको विषय हो। यसप्रतिको जागरूकता स्थूल तहमा समेत निकै कमजोर रहेको पाइन्छ भने  सूक्ष्मतम […]

ऊ हुनुको महिमा | Nepali Poem | Krishna Dahal

ऊ हुनुको महिमा प्रिय मान्छे, केही प्रश्न तिमीलाई, कसैको साथ यति मीठो किन लाग्छ, समाइएका कुनै हात यति प्यारो किन लाग्छ, कुनै पल लम्बाइरहने अप्राकृतिक आकांक्षा किन राख्छ मान्छे, कसैको सामिप्य मा संपूर्णता कसरी पाउँछ मान्छे।   होस्,  आफूले नजानेको प्रश्न तिमीलाई पनि के सोध्नु है, आखिर किन तड्पिएको भनेर त मन आफैलाई थाहा हुनुपर्ने […]

म देशी हुन्, संघर्षरत मधेसी | Nepali Poem | Krishna Dahal [Offline Thinker]

Nepali Poem | Krishna Dahal म रामचन्द्र,हजुर रामचन्द्र,तर भगवान होइन पूजा योग्य हुनको लागिम त रामचन्द्र यादव।त्यसैले मेरो पूजा यहाँ सम्भव छैन,अहो, कहाँ पूजा!यहाँ त मेरो आदर पनि पो त सम्भव छैन,न सम्भव छ मेरो पहिचान र अस्तित्वको स्विकृतीको। हुनलाई त मेरा पूर्वज र वंशजहामी शृकृश्ण अवतरित दिव्य कुल यदुवंशका हौं भन्दछन्,तर आखिर भन्ने पनि […]

सेतु | Nepali Poem| Krishna Dahal [Offline Thinker #1

-By Krishna Dahal उसले उनीहरूलाई बलेको दीयो दियो अनि यात्राको प्रेरणा पनि,तर न उसले ख्याल राख्यो, न उनीहरूले नै पत्तो पाएरातको अन्धकारमा हिँड्न बाटो, गोडा अनि दीयो मात्र भएर पुग्दैन,त्यो दीयोले देखाएको बाटो देख्ने आँखा पनि चाहिन्छ,उसले उनीहरूलाई मधुर वाणीले संबोधन पनि गर्योतर न उसले ख्याल राख्यो, न उनीहरूले नै पत्तो पाएउच्चारित माधुर्य र अनुभोक्ता […]

Krishna Dahal

पिता । कविता | Krishna Dahal [Offline Thinker]

हे घरका सूर्य, सारा परिवारलाई उज्यालो दिँदै जीवनको बाटोका जंघार तार्दा पनि तेल नसकिने कस्तो दियो हो त्यो, हे घरका खंबा, सारा सदस्यले मनोमानी दाइँ गर्दा पनि नभाँचिने कस्तो मियो हो त्यो। हे घरका छत, सारा बिघ्न स्वयम ढाकी सबैलाई सुरक्षा दिन सक्ने कस्तो क्षमता हो त्यो, हे घरका आशाविन्दु, कर्तव्यपालन र सँगै माया पनि […]