१. धेरै पछि बाबा घरमा आउनुभएको थियो । बहिनी फुरुङ्ग थिइ । म उदास । उसँग नबोलेको ७ दिन भैुसकेछ । सात दिन १ यानिकी एक हप्ता । यी सात दिनमा सूर्य सात चोटी उदाएर सातै चोटी अस्ताएछ । मेरो मन भने कहिल्यै उदाएन । सातैदिन । अस्ताई मात्र राख्यो । दिन मधुरो लाग्न थाल्यो अनि रात निकै गाढा । बिहान र साझ त झन् बिरह र सम्झना बोकेर आउँथे । साझ त त्यो बेला मात्र हुन्छ जस्तो लाग्छ जब उसैगरी ऊ मलाई भेट्न चोकतिर निस्किन्छ । बिहानी त त्यो पो हो जब उसको म्यासेज मेरो निद्रा डिस्टर्ब गर्दै भन्छ, ‘पृथ्वीको सूर्य उठीसक्यो, मेरी सूर्य नउठ्ने रु ‘
२. अब सम्हालिन निकै गाह्रो भयो । जेनतेन खोज्दैथे आफूलाई होसमा राख्न । सपनीमा उसलाई नै देखुँ भनेर सिरानीको अर्कोपट्टी लेखेको उसको नाम धमिलो लाग्यो । सिरानीले देखाएको सपना सत्य नहुँदो रहेछ । समय बाड्दैमा ऊ मेरो भएन । ‘म फर्किन्छु या फर्किन्न, फन्दामा फसेकी छु’ कागजको सानो टुक्रा च्यातेर बल गर्दै लेखे । छेउमै सुतेकी बहिनीले देख्ने ठाँउमा छाडेर म बाहिर निस्केँ । सुनसान रात, बस् उसकै याद । उसले पछाडिबाट आएर मेरो हात समातिदिओस, उसैगरी, जसरी यो बाटो हिड्दा समात्थ्यो ऊ । तर समातोस् पनि कसरी रु आज एक्ली जो थिएँ । उसैले त बना’को ।
३. चौतारीको नजिकै हिडीरहेथेँ । एक्कासी मलाई रोक्यो, मभित्रको ‘मु ले । मभित्रको मान्छेले मैलाई रोकेर सम्झनाको बतास हम्किदियो । चौतारोस् पीपलको रुख । यही पीपलमुनी प्रेमको प्रस्ताब पारित गरेका थियौँ । त्यो दिन म प्रेमिल भएकी थिएँ, आज पागल। त्यो दिन मेरो ओठमा मुस्कान मुस्कुराईरहेथ्यो। आज त्यही मुस्कान उहि ओठमा मुस्कुराउन जानेन । ओठमा मुस्कुराई रहे त नमुस्कुराउने चित्कारहरु ।
४. कुनैबेला म साँघुरो आलीको बाटोबाट लडेुथेँ । साँघुरै भएपनि सबैजना वर्षौदेखि बनेको बाटो भनेर त्यही बाटो हिडथेँ । हामीले हिड्न छाडिदियौँ, त्यस दिनबाट, म लडेको दिनबाट । फराकिला आलीहरु खोज्यौँ, नयाँ बाटो । आलीका झारैझारमा पैतालाका डामैडाम नहुन्जेलसम्म हिडिरहयौँ । १(२ महिना पछि त ती आलीहरु सेतै भए । बाटो नै जस्तो देखियो । सबैको रोजाइको बाटो बन्यो त्यो हाम्रो बाटो । आज मेरो बेचैन शरीर त्यही आलीको बाटोमा छ । उसकै वास्ना मलाई बहकाउदै बसिरहेछ यो बाटोमा । म लड्दा समेत तेत्रो चिन्ता पर्नेको आज म जिउदै मर्दासमेत उसको मनमा पर्वाहको कुनै खेस्रा छैन । उसको जन्मदिनमा ठुलो खेतको छेउमै रोपेको काफलले फल दिई सकेछ । अनि मायाको बोट रु सायद उम्रेन । तर किन रु मायाको बोट अरु बोट भन्दा बेग्लै हुँदो रहेछ । एउटा मान्छेले मात्र मलजल रेखदेख गर्दैमा नउम्रदो रहेछ मायाको बोट । दुबैको उत्तिकै साथ चाहिने रहेछ ।
५. यस्तो लाग्न थाल्यो कि मलाई यादका दुई हातहरुले डोहोर्याएर लगिरहेका छन् तिनै यादका घरहरुमा, तिनै याद बनेका ठाउँहरुमा । खेतहरूमा, आलीहरुमा । म यादहरुसँग हिडिरहेको त थिइन । सायद म घस्रिदै थिएँ, या म खस्किदै थिएँ । म गल्दै गइराखे । नमीठो चोट, निको नहुने खत बनेर आयो त्यो खेत । ती आलीहरुले आलो घाउ बनेर आज यत्ति बेस्सरी दुखाउछन् कसले सोचेथ्यो र रु हावासँगै गदगद भएर नाचिरहेको पातलाई एकदिन त्यही हावाको झोक्काले झार्छ, हावाले नै हरियोपन हडप्छ अनि हावाले नै हुत्याएर पर ( पर पुर्याउछ । मलाई त्यसरी नै प्रेमले पहिले गदगद बनायो, पछि प्रेमले नै पछार्यो, लातार्यो, घिसार्यो अनि बिस्तारै बेखबर बनायो । अब मैले मेरो संसार घुमी सकेझैँ लाग्यो । मेरो संसार यही खेत र आली, पीपल र पधेरीमा सिमित थियो। त्यहाँबाट चुडिएर अलगै संसारमा पुगेपनि मन त यही संसारमा अड्किरहन्थ्यो ।
६. रात झन् छिपिदै थियो । खै कतिबेलाबाट पानी पर्न थालेछ कुन्नि पत्तै भएन । बिजुली अनि चट्टयाङ्ले बाहिरी माहोललाई निकै भयभित बनाएको हुँदो हो । भित्री माहोलमा त मनभित्र नै त्यो भन्दा नि ठुलो चट्टयाङ् छँदै छ । घरकै आसपास आइपुगेछु । बगैंचालाई बेरेको बेर्नामा अडेस लागेर झन् गहिरिएर सोच्न थाले । उज्यालोले मलाई छाडी सकेको थियो । तर पनि म सधैँ उज्यालो कै प्रतिक्षामा बसिरहन्थेँ। त्यसैले होला अध्यारोले पनि इर्ष्य गर्न थाल्यो । अब अँध्यारोले पनि धेरै साथ देला जस्तो लागेन मलाई । हुन त अध्यारो हुनु र नहुनुले मलाई कुनै फरक पर्दैनथ्यो । मलाई त्यो ठाउँले बोलाएको थियो जहाँ न त उज्यालो हुन्छ न त अध्यारो नै । कस्तो अचम्म लाग्दो रु मैले आजसम्म त्यस्तो ठाउँ देखेकी थिईन । नदेखेको ठाउँ देख्न मन लाग्यो । देखेँ नाम्लो, देखेँ गोठ अनि देखेँ त्यो ठाउ जाने उपाय । ‘नजाने गाउँको बाटै नसोध्नु’ । यानिकी जाने गाउँको चाहिँ बाटो सोध्नु । अँह, कसैलाई सोध्न चाहिन, केवल सम्झिन मात्र चाहेँ । घरिघरि बाटो बिराएर मात्र घर आउने बुबा, असिनाले बिस्कुन ठटाउदा मलाई ठटाउने आमा, आफू गल्ती गरेर दोष चाहि मैमाथि थुपारिदिने बहिनी र ऊ । सबैलाई सम्झेँ, अन्तिम पल्ट । सबै स्वार्थी । स्वर्थीकै संसारझैँ लाग्यो । एकदम एक्लो महसुस गरेँ । नाम्लोलाई गोठ माथिको काठमा बाधेँ अनि घाँटीलाइ नाम्लोमा । ज्यान छाडिदिएँ । निसास्सिएँ, तड्पिएँ, तड्पिराखे ।
७. मृत्यु पछिको संसार पनि मृत्यु अघिकै संसार जस्तो । ठ्याक्कै उस्तै । मेरै घर जस्तै ठाउँमा मेरो होस् आयो । उज्यालोकै संसारमा मेरो होस् आयो । यो ठाउँमा पनि उज्यालो रहेछ । यहाँ अध्यारो पनि त लुकेको होला । यताकता खेत नि हुँदो हो, चौतारी नि हुँदो हो, आली र पँधेरी नि हुँदो हो । मृत्यु पछि पनि मानसपटलबाट उही मनमा रहेका प्वालहरू, ती प्वालका आकृतिहरु र ती आकृतिसँगै जोडिएका भावनाहरु हटेका रहेनछन् । मलाई बाँच्न नदिएका यादहरुले म मरेपछि पनि मलाई यहाँसम्म पछ्याएछन् । सास हटे पनि, सम्झना हटेनछ । मृत्युपस्चात पनि एकपटक फेरी मर्न मन लाग्यो ।
८. ‘धन्न, काठ मक्किएको रहेछ । थाम्न सकेन धेरैबेर त्यो नकचरीको झुण्डिएको शरीर । काठ भाँचिएर गोठमै लडिछे । बडो ठूलो काम गर्न लागेकी ।’
बाबाका आवाजहरु प्रस्टसँग मेरा कानसम्म आइपुगे ।
म झसङ्ग भएँ । जीवन र मृत्युको साँधमा तेत्रो तड्पिए जस्तो लाग्छ । तर म त मरिनछु । बाँच्नकै लागि त तेत्रो तड्पेथेँ, मर्नलाई झन् अझ कति तड्पिनुपर्थ्यो होला १
बाबा बतासझैँ छिन भरमै भित्र आइपुग्नु भयो ।
‘उठिस्रु उठ्न पनि रहर लाग्दो रैुछ त सधैँ निदाउन भनि गएकोलाई ।’
‘हजुर रु’ केही थाहा नपाएझै गरेँ ।
‘ला ।।।। ला पासो । ल झुण्डी अब । आँखा अगाडि जन्मेथिस, आँखै अगाडि मर् । रुवाएर जन्मेथिस्, रुवाएरै मर् ।’
‘मलाई यहाँ कसले ल्यायो रु कसले भेट्टायो र मलाई कमला खोलाको बगरमा रु’ बहाना बनाउदै बोली बर्बरियो ।
‘अँ, अरुरु’ बाबाले प्रश्न तेर्स्याईहाले । ‘यसको नौटंकी । बहिनीलाई लेखेको कागज देखेर कति आत्तियौँ । तँ नकचरीलाई कँहा(कँहा खोजेनौँ । आश मारेर घर फर्कदा लाश बनेर पल्टिरहेको देखेँ । धन्न लासमा सास रहेछ।’ रिसाउँदै, ‘अझ कमलाको बगर ।।।। गोठमा भेट्टाको तँलाई ।’
‘अँ।।।। राती पानी लिन भनि धारा गएकी थिएँ । बाँसझ्याङको पछाडी कस्तो अनौठो आकृति देखेँ । मैतिर आएको झैँ लाग्यो । बाँस झ्याङ्ममा भूत हुन्छ भन्थे मान्छेहरु । अत्तालिएर खै कता कता भागेछु । त्यो भूतले मलाई कमलाको बगरसम्म लखेटेको याद छ । त्यसपछि के भयो, कसो भयो, गोठमा कसरी पुगेँ केही याद छैन बाबा ।’
बाबा फन्किएर बाहिर गए ।
९. ‘भूतु। साच्चै, मैले भूत देखेकी छैन । तर भूतले तर्साएको भने अवस्य छ । भूत रहरलाग्दो कहाँ हुदो रहेछ र रु भूत भयानक भएर भर्भराउदो रहेछ । भूतको भेष भयानक, भूतको भाषा भयानक, भूतको भार भयानक । न त म भूतलाई रङग्याउन सक्छु । न त म भूतलाई बंग्याउन सक्छु । मैले भोगेको जस्तै भूतले तर्साएकाहरु म जस्तै रातिराति तिमीले देख्ने भूत बनेर हिड्दा हुन् । भूतकै भ्रममा म बाँच्न चाहिन । भूतकै भरमा म बाँच्न चाहिन । मैले भूतलाई बुझ्न खोजिरहे ताकी मेरो वर्तमान र भविष्यको भेट उही भूतको भयानक भाषामा नलेखिओस् । तर बुझ्न भने सकिनँ । केवल तिनले तर्साइरहे ।
१०. ठूलो खेतमा नयाँ घर बन्यो । सामान ओसारपसार गर्न भ्याइ नभ्याइ थियो । मैले मेरो किताब, कापी, कपडा, क्रिम अनि केही पुराना सामानहरु लाने सुरसार गर्दै थिएँ । एक्कासी उसले दिएका पत्रहरु भेटेँ । टन्नै रहेछन् । बाकसभित्र मैले मेरो पुरानो प्रेम, पुराना दिनहरु, पुराना यादहरु कैद गरेर राखेकी रहेछु । एकएक गर्दै हेरेँ, एकएक गर्दै पढेँ । हर एकले एकाएक एकदम पीडा दियो । नउदाएको घामले मलाई पोल्न थाल्यो । आत्था पनि भन्न सकिन । भकारीको छेउमा विष देखेँ । धानमा लाग्ने किरा मार्न राखिएको थियो। धानकिरा मार्ने विषले मनकिरा पनि मार्ला नि रु तुफानझैँ मस्तिष्कमा मड्मडाई रहेका भावनाका लहरहरुसँगै त्यो जहर पिएँ ।