आँसु
एक रात
पिलीक्क बालेर जूनको लालटीन,
झ्यालबाट
आकाशले चिहायो मेरो कोठामा।
टिलपिल आँसु
अनि अलिकति खल्लो मुस्कानले
स्वागत गरें।
मेरो छेवैमा बसी
हात समाएर भन्यो उसले :
“समुद्र मेरो आँसुको तलाउ हो
जसको स्वादको व्यापार गर्छ यो दुनियाँ।
…
म चाहेर पनि
आफ्नै आँसु चाख्न सक्दिनँ
तर तिमी
यो अवसर नगुमाऊ।”
.
.
.
त्यसपछि रोँए म,
डाँको छोडेर,
रातभर!
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments