झरी | कविता | जीवन पाण्डे

याे झरी पनि यसरी परिरहेको छ कि मानाै
मलाई सम्झिएर काेही राेइरहेकाे छ
चिच्याइरहेकाे छ ।
कसैले मेरै नाम लिएऱ बोलाए झैँ
यो आकाश पनि कराइरहेको छ ।
जति दुःख परे पनि क्यामेराको अघि मुस्कुराउन
भनेझैँ
क्यामेराको फ्लास मिलिक-मिलिक्क गरेझैँ
मेरा दुःख भुलाउन मानौ कोही क्यामेरा लिइ
फोटो खिचिरहेको छ ।
म टाढा पुगेकी भनेर होला
त्यो निलो आकाशको अलि मुनि तिर
बादलका एक भिडहरु मलाई पछ्छाइरहेको छ ।
यो स्वार्थ समाजमा कतै मैले भुलेकी भनेर
उनको सुवास लिएर यो हावा निरन्तर
चलि रहेको छ
अनि केही अनौठो स्पर्श दिइ मेरै तनबाटै
ऊ गई रहेको छ ।
मानौ कि ऊ नै मेरो सामु छे झै कहीकतै मलाई
भान भइरहेको छ
यसरी नै हिजोआज मेरो दिन बितिरहेको छ
झरी निरन्तर परिरहेको छ
बातस सरिरहेको छ
कोही मलाई नै याद गरिरहेको छ ।
Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published.