पूर्वी तराईको एउटा सानो गाउँबाट अध्ययन गर्न भनि उनी राजधानी आएकी थिइन् । उसकी आमा उसलाई जन्म दिदैँ बित्नुभएको थयो। अर्धकिसाने बाबु कि एक्ली छोरी थिइन् रिया।
रियालाई मैलै पहलो पटक मेरो विद्धालय पढ्दाको साथी रामेशको बिहेको पार्टीमा भेटेको थिएँ। झिलमिल वातावरण साथै संगीत र नित्यको रमझम थियो। म चाहिँ मदिराको झमझममा एक्लै झुमिरहेको थएँ।
अगाडीबाट मख्मली रङको सुहाउँदो लुगा लगाएर उनी मेरो नजिकै आई। उसको आगमनको वेगसँगै मैले हतारहतारमा रक्सीको बोतल लुकाए।
“किन एक्लै बस्नुभएको?” उसले सोधिन्
“साथी भनेकै एकान्तमा छ यहाँ के गर्ने” मलै भनेँ
“अनि त्यो मदिरा चाहिँ?” छेउमा लुकाएको बोतल देखाउदै उसले सोधी
“त्यो त जीवन साथी हो” अघिको प्रसंग जोडदै मैले जवाफ फर्काएँ।
यो सुनेर ऊ केहि बेर खुबै हाँसी ।
यसरी नै उसको गम्भीरतापूर्वक प्रश्न र मेरो अर्थहिन उत्तरहरुको प्रश्नोत्तर सँगसँगै रिया र मेरो चिनजान बन्यो।
दिनहरु बित्दै गए र हाम्रो सम्बन्ध अझै घनिष्ट बन्दै गयो। ऊ मलाई भेट्न सधै मेरो कोठामा आउन थालिन् । हामी दिन अनि हुँदा हुँदै रात पनि सँगै बताउन थाल्यौँ । कहिले विज्ञानका कुरा गरेर त कहिले इतिहासका, कहिले आध्यात्मको त कहिले यौन सम्बन्धी। तर धेरै जसो हामी शुन्यताकै बोलीमा रमाउथ्यौँ।
उसलाई भेटेको दुई साता नि भएको छैन । तैपनि वर्षौदेखि चिनेको जस्तै आभास हुन्छ। ऊसँगै हुँदा मलाई सन्तुष्टीको आनन्द महसुस हुन थाल्यो। मदिराको मात पुग्यो मलाई । उसको सुभाषले नै लठ्ठ हुन थालेँ म।
अचानक एक दिन उसले बुवा विरामी पर्नुभएको भन्दै गाउँ जाने निर्णय गरिन् र फर्केपछि हामी बिहे गर्ने वचन दिई र गइ । सबै कति छिठो भइरहेको थियो। बिहेको कुरोले म उत्साहित थिएँ।
तर गाउँ गएदेखि रियाको फोन लागिरहेको थिएन। म चिन्तित भए। उसले आफ्नो र रमेशको पारिवारिक सम्बन्ध भएको भनेकी थिइन् । त्यसैले म केहि खबर पाइन्छ कि भनि रामेशका पुगेँ-
‘रियाको फोन अथवा केहि खबर आएको छ साथी?’ मैले रमेशलाई सोधेँ ।
रमेशले न्याउरो मुख पार्दै भन्यो, ‘साथी, संसार छाडी गएको मान्छेको फोन कसरी आउँछ र?’
मैले कुरा नबुझेर फेरी सोधेँ, ‘के भनेको?’
उसले भन्यो, ‘रियाले दुई वर्षअघि आत्महत्या गरेकी हो । उसको खबर अब कसरी आउला?’
यो वाक्यले म निशब्द टोलाइरहेँ……………………………………………
-Bibek Chimariya