सपनाका डाेबहरु पछ्याउँदै म | कविता | छिरिङ अविरल

Sudip Simkhada

एउटा अक्षर
लेखेर नसकिदै
अर्को अक्षर लेखियो
कलमबाट
एउटा घाउ
निको नहुँदै
अर्को घाउ सेकियो
मलमबाट
एउटा शब्द
सम्झेर नसकिदै
अर्को शब्द निस्कियो
मनबाट
एउटा खुशी
भित्रीन नपाउदै
अर्को दुःख निस्कियो
आगनबाट
यसै गरी अनबरत
दौडिरहन्छ जिन्दगीको म्याराथन
उसैसाथ दौडिरहेको छ जिन्दगी
एउटा सपना
ब्युझिन नपाउदै
अर्को बिहानी ब्युझिन्छ
माथबाट
एउटा घाम
उदाउने बित्तिकै
समय दौडिन्छ
साथबाट
घाम अस्ताउन नपाउदै
जुन उदाउछ
रातबाट
अनि यसरी नै
सायर गरिरहन्छ जिन्दगी
उही गन्तव्य
अनि बाटो पछ्याउँदै
पदचापको डाेबहरु भित्र
शिखर नियाल्दै
जुन पदचापहरु
सङ्गै बिलाएका थिए
पुर्खाहरुको गन्तव्य
जुन डाेबहरुसँगै
हराएका थिए
कैयौँ सपनाका ईन्द्रेणीहरु
मलाई
थाहा छ एकदिन
म पनि हराउने छु
गन्तव्यबाट
यिनै पदचापहरुमा
जसरी हराएका थिए
उनीहरु ……………..!

 

Image by Akil Varman

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published.