सारसंग्रहवाद! | Swachchhanda Regmi

Swachchhanda Regmi
पीडा मलाई हुन्छ भने त्यसको रहस्य मेरो चिताग्नि तापी बस्नेलाई थाहा हुँदैन।
म मरेको दिन त्यस दशक कै कालो दिन हुन सक्छ। तर मरो मृत्यु अघि पछिका दशकहरूमा आएका काला दिनहरू मलाई र उसलाई परेको दुख झै फरक हुन्छन्।कारण कथित एकै रहन्छन्। समय जस्तै दोहोरिरहने २४ घण्टाको दुई वखत।
दुख जस्को आफू बनिएको छ, उसलाई सुनाउन त मसँग सारा मेरो दिनचर्या छन्। तर हामी नजिकिदैसँगै आज भन्दा भोलि अझै नजिकिन्छौं कि भन्ने डरमा छौं। कसरी भुल्नु म, तिमी आफैँ भन। हामी कहाँ खुसी बाट आएको छौं र। हजुर र म छुट्टिने हौं, तर नजिकिने ख्वाबले नजिकिन खोज्छौ। फेरी बिगत सम्झन्छौं, अनि भन्छौं हामी कहाँ खुसी बाट आएका हौं र।
हाम्रो सम्बन्ध गहिरिए पछि अझ खोक्रो आदर्श बनेको छ। गहिराइमा त सधै आफ्नो अस्तित्वको जबाफ लुकेका हुन्छन हरे, तर यहाँ त प्रश्नै प्रश्नहरू मात्रै छन्। त्यो पनि सुनौला। सम्बन्धको १००० दिनसम्म नै त्यही रहेका जस्ता, त्यसैले होला गहिराइमा छन्।
मलाई यो खोक्लोपना दुई वर्ष अघिको ‘म’ लाई दोहोरीयोस् जस्तो लाग्छ। पछिको म त अहिलेको यो भन्दै गरेको म हुँ। जस्ले बढ्दै गरेको ‘दुई काल’ उमेरमा लक्ष्य समात्यो र पकडनै नपाई पर…… पर…… पुग्दै ‘बा’सँग मात्र नजिक्यौंदै गयो। लक्ष्य दुर…… दुर…… मिराज जस्तो कहिले धमिलो कहिले सुक्खा।
सायद समय भन्दा धेरै अघि जन्मिएकाहरू, समय भन्दा धेरै पछि जन्मिएकाहरू जसरी अस्तित्वलाई सङ्गाल्न जान्दैन्न् होला। त्यसैले होला आज उनीहरूको औचित्य भोलि हेरिकन मुलायम रहदैन।
[ उनि खुसी त छिन् तर डराएको थिइन्। उनि एक्लै छिन् तर भन्दिन्न्। अनि मलाई सम्हालिएर भन्छिन, “हजुर एक्लै होइसिन्न्।” हजुरसँग हजुर होइसिन्छ सधैँ सँगै। ]
म बन्छु,
म शून्यमा शून्य सरी बिलाएँ ।।
[तपाईँले चाहेको तपाई हो। छैन विलाँऐको।दिने भए तपाई विलाँऐको,
नभए यो वखत आफैँसँग हराएको।]
म बोल्न व्यर्थ छ
म सृजन गरि रहेको छु
भन्छु, शब्दहिन, मौनता सायद सुन्न नचाहेको कठोर जवाफ हो।
तर म मौन छु कमजोर छैन,
खुल्नु र देखाउनु पनि केवल मनको संयोग हो।
[यदि भाव तरल हुन्थ्यो त, म आफू भित्रको समुद्र तैरिदै नक्षत्र केलाउथे।
यदि लागेको सबै हुदोहो त, म विश्व नियालि गुप्तचर वनवास लाग्थे।
यदिको प्रसङ्ग यति मिल्दोहो त, म माफिले भरिएको जगत कोर्थे।]
खालिमा भरि……. भरिमा खालि, खालिमा भरि राम्रो।
[हजुर जायेजि दुःखमा हुनुहुन्छ। म छु तपाईको काध, म गर्छु कर्तव्य।
तर, पर…… पर…… मात्र सुन्न।
पूर्णलाई अपूर्ण मैले बनाएको हुँ
मैले अपूर्णलाई……….,
अभ्यस्त मेरा जाली शब्दहरू
आफ्नै भावसँग अज्ञात।]
I love You, people asumme it as a complex sentence. NO! it’s most complex sentence on an English dictionary.
यो तिन शब्दको सम्मिश्रण,
आश्वासन हो,
Encouragement !, Against !, Hope हो। सबै Frustration…… at the end नबिर्सौं यो Relief पनि हो।
समातेर त म बसि रहदिन, म गएर कुनै दिन भुल्ने न हो। तर रातमा जव जव तपाई म, हामी यि ३ शब्द दोहोर्‍याछौं अनि एक अर्कासँग साटासाट गर्छौ, काध भारि हुनथालेका छन्।
(मैले नजानेको सायद यही न होला।)
[त्यो रातो कुर्ता लगाएकी
आँखाको गाजल मेटिएकि
आँशुले भिजेको त्यो अँगालो
तर भाग्यनै मेरो कस्तो
नजुटेको थियो जस्तो
भनेको जस्तो कसको हुन्छ र]
एक्ला मेरा कराग्रहरू थाकि सके दिदा दिदा, भयो नमाग अब। जब मसँग दिनलाई आफू बाहेक केही छैन र आफूसँग वल छैन।
त्यति बेला मागिरहेको छौ तिमी। छोड नगर यो बेबुनियाद जिद्दीपन। तिम्रा बलवान् कराग्रहरू कतै अन्तै लैजाउ यहाँ केवल ति थाक्ने छन्। माग्दा माग्दै हातहरू जोडेर। तर मेरा थकित कराग्रसँग विश्वास छन्, तिमीले मांगीरह्यौ भने आफूले बल जुटाएर केहि दिने, माया…… आफूले, आफू हैन। कुनै बेला तिमीले नमाग्दा त मेरा कराग्रहरू खुसी साथ केही न केही दिई रहन्थे। आज जब, तिमी जब माग्दा माग्दै थकित भई मागि रहेको छौं। आफै भन थकित हामीलाई कस्तो अनुभर्त भयो होला।
म खालि छु तर म भरी छु
(के अर्थ हो यो फेरि…..)
तर म भरि खालि भन्दा खाली भरि नै ठिक छु।
“सन्तहरू को बीचमा राजनीतिज्ञ र राजनीतिज्ञहरू को बीचमा सन्त”
पाइ-पाइ, इन्च-इन्च गर्दै धेरै किलोमिटर पर….. लक्ष्य भन्दा धेरै पर….. गई सके।
मलाई लाग्दैन म अब कहि जान्छु या केही हुन्छु भनेर।
मलाई विश्वास छैन कि म अब कसैलाई लडाउदै, कसैको चिन्तन गुमाउदै, कुनै पात्र विशेष हत्या गर्दै, हिंसात्मक तुल्याउँदै म कतै पुग्छु भनेर। मलाई अब आलोचनामा विश्वास छैन। आफैँ आलोचित व्यक्ति म भई सके। सायद,
आलोचनात्मक चेत! आलोचनात्मक चेत!
आलोचनात्मक चेत!
भन्दा भन्दै म वस्तुगत भई सके, म धेरै वस्तुगत भई सके।
म गर्न सक्छु तर मलाई गर्नु छैन। मेरो स्मरणले मलाई म जहाँसम्म बुझ्छु म त्यो भन्दा माथि गर्छु, तर मलाई गर्नु छैन।
यो गलत हो।
मैले बुझेको या मैले देखेको गलत हो। म यसरी नै ठिक छु।
मलाई हेरिदियोस् भन्ने छैन।
मेरा ‘म’सँग यति कुरा छन् अब यहि केलाउँदै म एक्लो ठिक छु। मेरो संग्रह मोटो छ, धेरै मोटो छ। हाम्रो डोरी जस्तो मनको राघमा गला पासो लाग्ने गरी छैन।
डोरी गला पासो लाग्यो भने, कस्तो हुन्छ? म त त्यो भन्दा अझ सोच्छु, खरानीलाई कसैले आगो लगाइदियो भने त्यो कस्तो हुने। त्यो जलेर के हुने? सारा जलेर खरानी हुन्छन्, खरानीलाई जलाइयो भने खरानी के हुने ? ‘म’ हुने। म यसरी नै बन्दै छु।
तपाईँलाई खुसी नदेखि कन् म आफ्नो दुःखमा हजुरलाई कसरी जोडौँ।
[हजुर दुखि नबनाइदिनुस् म खुसी नै छु त्यसै पनि।]
तपाईँलाई खुसी नदेखि कन् म आफूसँग कसरी बसौँ।
दुःख त म हजुरको रहेछु। यो थाहापाई अब म कसरी बसौँ। =(‘म’ जसरी)
[ हजुरले नगरिदिएका कुराहरू हाम्रा दुख हुन गए। हामी त एक अर्काको खुसी हौं।]
[हेर्ने नै मात्र हो भने म त बिर्सिन्छु, के भएको न थियो र हामी बिच। के न घट्यो भनेर?, हाम्रो खुसी हौं हामी। हजुरले नगरिदिएका काम हाम्रा दुख भए। हाम्रो खुसी हौं….]
म सायद अब कठोर हुन्छु होला। म आफ्नो चिताग्नि तापी बस्छु होला। म जति छु त्यो भन्दा बढी अझ त्यो धेरै अझ धेरै।
परिवार त मैले धेरै नजिकबाट बुझेको छु। उहाँहरू म दुष्ट, म रुष्ट मसँग खुसी नै रहनुहुनेछ। परिवार त मेरो बिछट्टै एकायम् नै राम्रो चल्छ। तर समयसँग जोडिँदै गएकाहरु सँगको कठोरतामा म बिलाउदैँ जान्छु त्यही मेरो दुष्टता हुनेछ।
कुनै खुसीको दिन मलाई मेरै दुःखहरूले भिझाये भने त्यति बेला म तिमीलाई के मेसेझ पठाउँ ? तै पनि तिमी बुझ्ने छैनौं भिझाउने लुथ्रुक्कु त्यसका भावहरू।
यताबाट ति मेसेझहरू पठाई रहेको ‘म’ ले तिमीलाई सम्झनैका लागि, या सम्झना भन्दा पर….. का दिनहरू याद दिलाउन का लागी मात्र पठाएका हुँदैन्न्…….। वर्तमान! त्यति बेला वर्तमानमा मसँग जोडिएका तिम्रा यादहरू समेटेर न्याय दिलाउन गरेका हुन्छन्।
हामी त मायाको, बिछोडको, बन्धनको कुरा गर्दै छौं। सायद भुलबस भुल्यौं होला हामीले कि हामी कुनै देशका नागरिकपनि हैनौं। सायद उमेरको अपुरोपनाले हामीलाई बगाइरहेको छ। र हक अधिकार भने हिमा कुनै देशको नागरिक भन्दा बढी चलायमान गरि रहेका छौं।
त्यत्ति बेला चै हाम्रो मन लुथ्रुक्कै भिझन सक्छ है। पठाउनेको पनि, पाउनेको पनि, सुन्नेको पनि यि दशेराहरु सबैको……’एकै चोटि’।
म कसरी बुझाउ, मैले बुझाउनु त अवशेष सरि रहेछ। मैले नै बनाएको अवशेष। अवशेष बन्नको लागि त सयौं लाखौं करोडौं, बर्षौंको समय लिँदै बन्छ। मैले त पानी भन्दा पनि कोमलो वस्तु जसलाई थोपा जोडिदा समुद्रमा दुख नलाग्ने हुँदा पनि, दुःख स्मरण गराउन सके। म आफै गुहाँरि गुहाँरि बोलि रहेको छु।
याद त मेरा धमिला या ध्यान दिएर हेर्दा मात्र प्रस्ट छन्।
अहं ब्रह्मंचित्र,
म आफैसँग बोलि रहेको छु ।।।
म भन्ने गर्द थिए कुनै दिन काँहि छु र तपाईँलाई दुख पर्यो भने म हल दिन्छु, अब त्यो विश्वासमा नबसनुस् होला। म कहिँ हुन्न। म खोक्लो छु, म खोक्लै रहन्छु, म यहि ठिक छु, म यसरी नै भरि छ। म म मै छु, म मसँगै छु, सधैँ भरि छु। मेरो छायाँ त रातमा मलाई छाडेर जान्छ, जहाँ मलाई सबै भन्दा बढी डर लाग्छ तब।
म किन अरूलाई बोलाई रहेको छु।।
[‘म मरे पछि मेरो मलामीमा हाँस्नु ल!, मलाई हजुर रोएको मन्नै पर्दैन।’
“आफैँ मरे सरह भएको दिन के हाँस्नु , के रुनु।
खालि हुन्छु म त।”]
कुनै दिन मलाई गाह्रो केहि महसुस भयो र मेरो खबर कसैको मुखबाट सुन्न भयो भने नआत्तिनु होला, म मेरै कारणले गए।
 स्वच्छन्द रेग्मी

Read More:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published.