विकल्प खोइ ? जनक कार्की | Offline Thinker

विकल्प

देशले चुनाव घोषणा गरिसक्यो । चुनाव हुन्छ वा हुन्न त्यो समयको हातमा छ । चुनाव भइहाल्यो भने हाम्रो विकल्प को ? कसलाई रोज्ने ? किन रोज्ने ? यी प्रश्नहरुले मगजमा हथौडा हान्न थालिसकेको छ । नङमा निलो पलिस लगाउन मात्र चुनावमा सहभागी हुनुको अर्थ रहेन अब । हामीले छाप हान्ने मतपात्रमा वैकल्पिक जनताको अवाज बोकेको चिन्ह कहिले थपिन्छ ?

रुख हुरी बनेर उहिले सपना उडाइसकेको छ । चाहेको भए रुखले प्राणवायु दिन सक्थ्यो तर सकेन । जनता अक्सिजन सिलिण्डर मै बाँच्न परेको छ । थाहा छैन कहिले अक्सिजन सकिन्छ र निस्सासिएर प्राण त्याग्छ । सूर्यको किरणले पनि न्यानोपन छर्न सकेन । बरु हाम्रा घाउहरुमा पोलिरहयो एकतमासले । हँसिया हथौडाले त हाम्रो सपना काटिरहयो, हाम्रै टाउकोमा प्रहार गरिरह्यो।

अहिले त झन घाम प्रचण्ड गर्मी बनेर आयो । यसको ताप पनि सहिनसक्नु भइसकेको छ । गाइको दुधले हामीलाई उहिल्यै पिनास बनाइसकेको हो । हलोले हाम्रो समृद्धि जोत्न सकेन । आसाको दियो बोकेर आयौ भन्नेहरुले आफ्नै तराजु सन्तुलन गर्न सकेनन ।

अन्ततः परम्परागत  तराजुलाई डिजिटल तराजुले ओझेल पारिसक्यो । हाम्रा मतपत्रमा फेरि पनि यहि चिन्ह हुनेछ । कसरी जानीजानी गलत चिन्हमा ठीक छाप लगाउने ?

केही समय पहिला टेलिभिजनका हास्य टेलिसिरियल धमाधम बन्द भए । यसको कारण खोज्दै गर्दा चिया पसलमा एउटा तार्किक निष्कर्ष निक्लियो । हँसाउनेहरु देश बनाउदै थिए र देश बनाउनेहरु हँसाउदै थिए । आध्यात्मिक गुरुहरुले भन्छ्न, ‘हाँसो सुखी रहने निःशुल्क औषधि हो।’ सायद यहि उद्धरणबाट प्रभावित हुनपर्छ; हाम्रा शाषक ।

उनले देश मात्र हँसाएनन सारा जग हँसाउने काम गरिसके । अब हँसाउने मीति एक्सपाएर हुन थालेको छ । जनता मुटु माथि ढुङ्गा राखी हाँसिरेको कुरालाई मनन गर्दै । वास्तविक हाँसो जनतालाई दिने हो भने केही भिटामिन क्याप्सुल जनतालाई दिन सकिने कुराको निष्कर्ष निकाल्छ्न् । मान्छेले जीवित हुँदा जतिसुकै पाप गरे पनि मृत्युको नजिक पुग्दा उसले पश्च्यताप पक्कौ गर्छ ।

यहि सम्झेर हाम्रा कमेडी उस्तादले केही काम गरेर मृत्युवरण गरे भने जनताको ओठमा मात्र होइन आँखामा मुस्कान पनि छाउने थियो ।

एउटा हो जनताले आफ्नो प्रधानमन्त्री आफै छान्न सक्ने व्यवस्था यानिकी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री । यसो हुन सक्यो भने स्वच्छ छवि बोकेर देश निर्माण गर्छु भन्नेलाई जनताले चुनाव गर्न सक्नेछन् । जनताले विकल्प पाउनेछ्न । अर्को निर्णय हुनसक्छ देशमा कोरोनाको भ्याक्सिन भित्र्याउने काम । यी दुई काम मात्रै गरेर गए भने पनि प्रम ओली जनताको बोलीमा बसिरहन सक्नेछन् ।

हामी जनता फिल्मी छौ ।

हिन्दी कथानक चलचित्र ” नायक ” चलचित्रमा जस्तै कोहि यस्तो व्यक्ती आओस्  जसले एकदिनमै सारा प्रणालीलाई सहि ठाउँमा ल्याइदियोस् । कल्पना वास्तवमै मीठो हुन्छ । यसरी सोच्दा मात्र पनि आन्नद लाग्छ । प्रमसँग केही महिना छ । उहाँले ठ्याक्कै त्यो चलचित्रमा जस्तै गरि देशको कायापलट गर्दिने हो भने सारा जनताले त्यो मज्जा लिने थिए । इतिहासले एउटा सन्की तर स्मरणीय प्रधानमन्त्री पाउने थियो । तर गरे अशंभव होला र ?

नत्र भने सामाजिक वहिष्कारको डरले जनता लुरुलुरु फेरि आफ्नै खुट्टामा वञ्चरो हान्न चुनावलय सम्म पुग्ने छ ।

केही बेरोजगारीले बन्दुक नबोक्ने प्रहरीको बिल्ला भिरेर मौसमी रोजगारी पाउनेछ्न् । गाउँशहरमा फेरि एकपटक अधिक भैंसी, बाख्रो र कुखुरा काटिनेछ्न् । बिनाबादल वर्षिने छ्न् रक्सीको झरी । हजारको नोट र भोटको सम्बन्ध गसिने छ । चिउरा र मासुले गिजा कन्याइनेछ । एउटा उत्सव छाउने छ । ऋतु जस्तै शिघ्र सकिने छ ।

व्यवस्था जुन भए पनि प्रणाली गतिलो हुने हो भने विकास धेरै परको कुरा होइन । चिनमा कम्युनिजम , अरबमा राजसंस्था , अमेरिकामा प्रजातन्त्र , भारतमा गणतन्त्र आदि सबैले उतिकै विकास गरिरहेका छ्न । जुन पार्टीको जस्तोसुकै घोषणापत्र भएपनि । यदि त्यो कार्यन्वयन हुन्न भने फगत कुडा मात्र हो । व्यक्तिमा नैतिकता , इमानदारीता , मानवता  र सहि आचरण भएसम्म हाम्रो सम्मु सहि विकल्प कहिले आउने छैन ।

जनता र नेता दुबैमा यो कुरा लागु हुन्छ । जय देश!

 

Read More From Janak Karki:

जनक कार्कीका अन्य रचनाहरु पढ्नुहोस।

कविता: आशा साहनी | Janak Karki | Offline Thinker

 

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

author

YOU MAY ALSO LIKE

3 Comments

  • […] January 20, 2021 POEM By Aryan Nembwang सुतेपछि म प्रधानमन्त्री भएको देख्छु देशलाई समृद्ध भएको पाउँछु हेर्छु जता ततै समृद्धी छाएको देख्छु चिसो पेटीमा निदाएका दाजुभाईलाई सपनाको महलमा बसाउछु खाडीमा गलेका ति हातखुट्टा आफ्नै जन्मभूमिको हिलोमा रमाएको देख्छु अनि बिरानो सडकमा टिलपिल गर्दै हेर्दै बसेका ति बुढा बाबै बुढी आमोइलाई आफ्नै सन्तानकोझै आभाष दिलाउछु सिमानामा काडेतार लगाएको पाउछु यो सबै देखेर खुशीको आशु झार्छु त्यही आशुले म ब्यूझन्छु र घडीको त्यो ट्वाक ट्वाकसँगै लामो स्वास फेर्दै भन्छु, कास यो विपना भैइदिएको भए हुन्थ्यो तर, (२) तर दुर्भाग्य त्यो त सपना मात्रै थियो त्यसपछि उठेर क्यामेरा समाउछु र आफ्नै कर्ममा म फर्कन्छु You may also like: […]

  • […] जय कलम। जनक कार्की तानसेन ,  पाल्पा । जनक कार्कीका अन्य लेखहरु […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *