म र मेराे भारी | मोती रत्न
अैया! कति गह्रौ!
याे टाउकोकाे भारी,
बाेकु भने अप्ठ्यारो छ,
नबाेकु भने झनै अप्ठ्यारो पार्छ,
कसरी मसँगै टाँसिन्छ,
बाजेको पालादेखि,
मुक्त भएकाे बेला,
यसले छाेड्छ भन्थे बाबाले,
तर
मेराे पालामा झनै टाँसियाे।
हिजाे आकाे बाढीले
नदी किनारकाे बाली मास्सियाे,
नदीकाे ढिककाे घरै भास्सियाे,
के गर्ने?
म र मेराे भारी बाेक्नै पर्ने।
हिजाे मुक्त दिवसमा,
एक हुल नेताहरुसँग,
दुई चार थान पत्रकारहरु आए,
भाेकाे पेटमा,
सिउ-सिउ गर्ने मेरा बच्चालाई बाेलाए।
झुत्रे-झाम्रे घरकाे आँगनमा,
सबैलाई बसाए,
हामीले साेच्यौ,
आज आधा किलाे भए नि चामल पाउँछाै,
एक गाेटी भए नी औषधी पाउँछाै,
एक मुठी दाल पाउँछाै,
तर-तर
सब भ्रम रैछ,
उनीहरु त पहिलाको जस्तै
आए अनि गए,
हाम्रो टुटेको घर देखाएर,
फाटेको टालटुल गरेको कपडामा
फोटो खिचेर
डलर खानेहरु जस्तैः
राहत दिनेहरु जस्तै:
कुरा गरे जस्ताे गरी,
दस थान फाेटाे खिंचे,
हामीलाई कठैबरा! भने,
छि! कसरी बस्नुहुन्छ अरे भने
बस यति मात्र,
सबै हुइकिए गाडीमा,
सबै ढुलाे, धुँवा हाम्रै मुखमा,
के गर्ने?
एक किलाे चामलकाे लागि,
एक मुठा दालकाे लागि,
म र मेराे भारी बाेक्नै पर्ने।
अहाे! कहिले बिसाउने हाेला,
म र मेराे भारी।
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com