निलो आकाश
नील आकाशमा तैरिरहेका ती सेता बादल
बन्दछन् कहिले डम्फू, कहिले दमाहा त कहिले मादल ।।
यो गोल धर्तीमा बस्ने पत्थरदिल मानव
थाहा पाइदैन कहिले बन्दछन् मानवबाट दानव ।।
नील आकाशको बादल र धर्तीको मानव उस्तै लाग्छ
फरक यति, बादलले आकाशको शोभा बढाउँछ ।।
-रिदम भेटवाल
Read More From Rhythm Bhetwal:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments