धर्सो
तिमी र म बिच एउटा सानो धर्सो छ
त्यही धर्सोमा
एकोहोरो महसुस गरिएको अपमान छ
समयलाई जित्ने एउटा अभिमान छ
प्रेममा कंकाल भइसकेको मेरो स्वाभिमान छ
हो त्यही धर्सोमा
तिमी र म बिच केही व्यक्तिहरु छन्
मुटु पोल्ने गरी दिएका अभिव्यक्तिहरु छन्
मेरा कमजोरी छन्
तिमीसँगका कुरा मनभरी छन्
समयसँगका उतावचढाबहरु छन्
मनमा खेल्ने प्रेमका अनेक बहावहरु छन्
हो त्यही धर्सोमा
केहि तिम्रा त, केही मेरा गल्तीहरु छन्
तिम्रो प्रेममा बदलिएका केहि मेरा चल्तिहरु छन्
तिमी नजिकिएसी; सुध्रिएका अनेक सम्बन्धहरु छन्
विपनामा पूरा नहुने, मेरा सपनाका अनेक गन्धहरु छन्
हो त्यही धर्सोले
तिमी र मलाई टाढा बनाइरहेको छ
तिम्रो मनमा त खै
मेरो मनमा चाहिँ माया गाढा बनाइरहेको छ।
Letter To My Dear Girlfriend | Secret Thinker
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments