तेस्रो लिङ्गी
ऊ पनि त हामी जस्तै एक मानव जाति हो
भिन्न नसम्झ ऊ पनि त हाम्रौ सहयात्री हो
सबै एकै हौँ तर किन हेर्ने नजर भिन्न भो
विभेदका कुराले आज मन साह्रै खिन्न भो
उसको मन पनि त तिमीले होच्याउँदा दुख्छ
त्यसै डरले त आज पनि उसको अस्तित्व लुक्छ
के ऊ तेस्रो लिङ्गी हुनु कुनै महा पाप हो ?
किन उसको जीवन उसलाई अभिश्राप भो ?
अझै पनि समाज उसलाई खुलेर बाँच्न दिँदैन
अझै तेस्रो लिङ्गी हुनु सामान्य रुपमा लिइँदैन
उसले पनि त सपना र रहर साच्न पाउँछ
उसको पनि अधिकार छ ऊ सम्मानपूर्वक जिउन पाउछ ।
You may also like:
म नातसिक चै हैन | कविता | इना बस्नेत [Offline Thinker]
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments