भोकसँग डराँउ कि रोगसँग
हाहाकार मचियो चारै तिर छ कोरोना कै त्रास
एक मुठ्ठी स्वाश चलेसम्म रहिरहने रैछ आश
महामारीको कालो छाँयाबाट बच्न सकेन्न कोहिँ गरिब पीडाले कलिदा पनि सरकारले दिएन राहत खोइ
ठूलावडाको के गर्नु कुरा गरीब मर्कामा परेको छ
हुनेखानेको त अधि नै भण्डार सारा भरिएको छ
दु:खको जातोमा फेरि एकपटक पिसिने घडि जनताको
के गर्नु भर पर्न सकिएन देशका कार्यकर्ताको
आम नागरिक दुःख निवारण होलाकि भनि कुर्दैछ
सरकार भने आफ्नै स्वार्थको खाल्तो अझै पुर्दैछ
बन्दाबन्दी त गर्यौ सरकार अब भोकबन्दी पनि गरिदेऊ
सक्छौ भने ती दुःखीका पिर आशवासनले नै हरिदेऊ
बाहिर निस्कौँ त कोरोनाको त्रास साथै कडा चौकीदारी
भित्रै बसौँ त भोको साथै जहानको आफैमा छ जिम्मेदारी
रोगसँग डराँउ कि भोकसँग भो गर्हो चैन गर्न
बरु सिकाइ देऊ सरकार तिम्रो भाषणले पेट भर्न ।
Read More from Ina Basnet:
आज मन रमेको छ | कविता | इना बस्नेत [Offline Thinker]
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments