राख्न त राखेकै हो मनमा के गर्नु ?
तिमी बस्न मानेनौ यो दिलमा के गर्नु?
तिमीसँगै बिताउन मन थियो जिन्दगानी
तिमीले नै धोका दियौ प्यारमा के गर्नु?
मानिस डुब्छन् समुद्रमा फर्कन्छन् मोती लिई
म त अझै डुबेकी छु तिम्रो मायामा के गर्नु?
भन्न त हुन्थ्यो तिमी मेरो म तिम्रो
साथ छोड्यौ तिमीले यो जीवनमा के गर्नु?
– रिदम भेटवाल
( विश्व निकेतन मा वि)
Read More From Rhythm Bhetwal:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments