कोही यति विधि राम्री किन हुन्छन्? | Rajeep Rana

Rajeep Rana

धेरै भएको थियो नलेखेको । आज एकमन सोच्दै थिए इन्टरनेट बन्द गरेर केही लेख्छु । विषय पनि गज्जब पाएको हुँ । ओहो! त्यो आँखा कसरी बयान गर्नु? तीज अर्थात् नारीको सुन्दर हुने दिन वर्ष भरी धेरैको दुःख भुलेर रमाउने दिन । म हरेक पल्ट सम्झन्छु गाउँको छवालीले छाएको छानो अनि मेरी आमा।

हुन त खासै सुख मेरी आमाले महसुस गरेकी थिनन् । बा बितेको पनि वर्ष दिन भएको थियो। बरखी पनि बल्ल सकिएको थियो। आमाले निलो धोती र खैरो चोलो लाएकी थिइन्। अनुहारबाट एकाएक मुस्कान हराएको थियो। गहना पनि बा का बरखी टार्न नेप्टे साहुकाँ राखिएको थियो। एक त अँध्यारो अनुहार उसै त गहना सिन्दुर बिना नारीको रूप; हैट तेरी के विधि अँध्यारो देखिएको आमाको अनुहार ।

हुन पनि यो रातो बिना नारीको शोभा नै हुन्न रहेछ । मनमनै लाग्दै थियो जसरी नि आमाका ती गहना फिर्ता ल्याउन छ । ल्याए पनि। तर सिन्दुर ल्याउन सकिएन । ती गहना भन्दा आमाको मुस्कान सधैँ बेपत्ता भएको थियो । मैले नै ती मुस्कानहरुलाई जलाएर आएको थिएँ । जसोतसो तेर्ह्र वर्ष विती गएछ अर्थात् निलो फरियामा तीज बितेको पनि यतिका समय भइसकेको रहेछ ।

आज चोधौँ तीज यो बीचको समय आमाका लागि सब खुसी हुने काम गरियो। ती गहना पनि झप्पक्कै हुने गरी बनाइएछ । पहिला जस्तो खुसी नभए पनि आमाको मुहारमा केही खुसी छरपष्ट देखिन्थे। त्यो देख्दा यात्रा सकेको यात्रीलाई जस्तो मनलाई आनन्द मिलेको थियो ।

यो पल्ट अलिक फरक भएको थियो तीज। घरबाट केही पर थिएँ आफ्नै यात्रामा म। सबै दुःख भुलेर एक्लै हिँडेको थिए रमाउँदै । मधुरो दिन थियो। हल्का अध्यारो तर पनि कहिंकतैबाट चमक आएको थियो । कालो चोली, खैरो सारी। आहा! पातली सेतो अनुहार कति चम्किएका जब ऊ पाइला अघि सार्दै थिइ। तब हावा-पानी साम्य भएर उसकै कपाल उडाउन थाले ।

सायद हावा पनि उसँग प्रेममा थियो । न हुनु पनि कसरी? ऊ थिइ नै त्यस्तै। सर्ल्लक परेका केस, लामा परेली आँखा। आँखाले हेर्न हो भने पनि उसले बिस्तारै जिब्रोले टोक्दा म मरेको पनि पत्तो पाउँदिन थिए होला। हल्का दात बाहिर आएको थियो। जब मुसुक्क हाँस्थी, तब कसम म मरे सरह नै हुन्थेँ। कोही यति विधि किन राम्री हुन्छन्?

बस यही प्रश्नको जवाफ म खोजिरहेको थिएँ। जवाफ पाएको पनि थिए तर मसँग सोध्ने आँट थिएन। हामी एकछिनकै मात्र यात्री थियौ। त्यो पनि कुनै ठाउँमा भेटेको ।

अलिक हिम्मतवाला भएको भए पनि ‘तिम्रो नाम के हो’ भनेर सोध्ने हुन्थ्यो। आफू डरको मारा पारियो सोध्न त के जब मेरो अघिबाट गई तब गोडा पनि लगलग कामेका थिए। यति बेला बल्ल थाहा पाए साँच्चै कमजोर हुनुको पीडा ।

छोटो समय थियो आँखाले नियालुन्जेल नियाले। त्यसपछि डराइ डराइ एउटा फोटो खिचेको थिएँ। त्यही पनि आधा मात्र आएछ रहेछ। जे होस् अनुहार चिनिन्थ्यो ।

अब छुट्टियौँ ।

उसको र मेरो यात्रा यहीसम्म मात्र थियो। ऊ सँग मेरो लागि केही थिएन। उसले त मलाई नोटिस् पनि गरिन् होला। तर यता आफ्नो भने मनमा सर्वस्व कुरा खेलिरहेका थिए।

यसपछि के भयो ???

 

Read More From Rajeep Rana:

फेरि एकपटक हार भएको छ | Nepali Poem | Rajeep Rana

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

जाडो, बा र म…… | Subin Bhattarai

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *