कान्छा तिवारीका गजल
सत्य कुरा पापीलाई छुरा हुँदो रैछ
नसोचेको कुरा पनि पुरा हुँदो रैछ।
विदेशतिर बच्चा जिम्मा लिन्छ देशले
नेपाली भने सधैं टुहुरा हुँदो रैछ।
बिधाताले लेख्यो भनेर ढुक्क नहुनु
भाग्य रेखा पनि त अधुरा हुँदो रैछ।
खै कसरी चिन्नु अब विधवा भनेर
सबको हातमा रातो चुरा हुँदो रैछ।
मलाई कति सम्झन्छ्यौ बुझेको छु सानु
म नहुँदा पनि मेरै कुरा हुँदो रैछ।
– कान्छा तिवारी
Read More From Kancha:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments